बेलायतबाट ‘बीर विक्रम’को घोषणा

एचकेनेपाल डट कम –
पहिलो फिल्म हँसिया प्रदर्शनपछि एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा छुट्टै पहिचान बनाउन सफल तन्नेरी निर्देशक मिलन चाम्सको अर्को प्रोजेक्टको प्री-प्रोडक्सनको ९८ प्रतिशत कार्य सकिएको जानकारी दिंदै युकेबाटै नयाँ फिल्मको नाम, कलाकार र प्राबिधिकहरुको नाम अफिसियल मिडिया पार्टनर अजम्बरि डटकम मार्फत सार्बजनिक गरेका छन।

मिलन चाम्सले नयाँ चलचित्रको नाम उनको जन्मबार बिहीबारको शुभ-साइत पारेर सार्बजानिक गरेका हुन्। एक्सन, कमेडी र ड्रामा जोनरको फिल्मको नाम “वीर बिक्रम” जुरेको छ।

मल्टी स्टारर फिल्मका कलाकारहरु दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही अनि नयाँ अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ। यम थापाको कथामा, राम केसिको छायाँकन, तारा प्रकाशको संगीत अनि रेनशा राईको नृत्यनिर्देशन रहने छ।

चाम्स फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको “बीर बिक्रम” को निर्माता/निर्देशक मिलन चाम्स स्वयम रहेका छन्। सह-निर्माताहरुमा अनिला राई, पृथ्बी राज राई र शिब कुमार राईको संयुक्त लगानी रहने छ।

भाद्र १ देखि फ्लोरमा जाने मिति तोकिएको “बीर बिक्रम” को कलाकारहरुले आ-आफ्नो भूमिका अनुसार तयारी थालिसकेको जानकारी दिँदै निर्देशक चाम्सले आफ्नो निर्देशकीय क्षमता र प्रबिधिको प्रयोग गर्दै उत्कृष्ठ फिल्म बनाउन लागेको बताएका छन्। उपत्यका बाहिर छायाँकन हुने “बीर बिक्रम” को सुटिङ ४५ दिनभित्र सक्ने तयारी रहेको छ।

“बीर बिक्रम” फिल्मकै प्राबिधिक र प्री-प्रोडक्सन कार्यको लागि केही समय अगाडि युके उत्रिएका निर्देशक चाम्सले युकेका बिभिन्न महत्वपूर्ण इभेन्टहरुमा पनि सहभागिता जनाउने समय नराखि तयारीमा समय खर्चिएकाले फिल्म सम्बन्धी प्राबिधिक कुराहरु सिक्न आफू सफल बनेको बताउँदै नयाँ प्रबिधिको बिषयमा हलिवूडका प्राबिधिकहरुसँग प्राबिधिक शिप सिक्ने अवसर प्राप्त गर्न पाउनु यो पटक युके बसाइको उपलब्धी मानेका छन।

“बीर बिक्रम” बर्ष २०१५ को बहुप्रतिक्षित फिल्म बन्नेमा ढुक्क हुन आग्रह गर्दै दर्शक आफ्नो भगवान भएकाले आशिर्बाद, माया र सद्भाबको अपेक्षा सदा रहने बताउँदै नेपाली फिल्म र फिल्मकर्मीहरुलाई नेपाली फिल्म हेरेर बाँच्ने आधार सिर्जना गरिदिन निबेदन गरे।





Comments

comments

Leave a Reply

7289