Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पोखरामा विविध कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाइने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा विविध कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाइने

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १२ साउन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले विश्व आदिवासी दिवस २०७१ र फोनिज स्थापनाका दिवसको सन्दर्भमा विविध कार्यक्रम गर्ने भएको छ।

फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले विश्व आदिवासी दिवस र फोनिजको १५ औं स्थापना दिवसको सन्दर्भमा साउन २२ गते विहान भिमसेन चोकमा राष्टिय आदिवासी जनजाति महिला महासंघ कास्की र फोनिजले संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्ने, विश्व आदिवासी दिवस अगष्ट ९(साउन २४) गते आदिवासी जनजाति महासंघ कास्कीको र्यालीमा सहभागी हुने, साउन २५ देखि २७ गतेसम्म भिडियोग्राफी तालिम आयोजना गर्ने र फोनिज स्थापनाको दिन साउन २७ गते अन्र्तक्रिया, शुभकामना आदानप्रदान र जलपान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

सामाजिक एवं मानवीय सेवाका लागि आयोजना गर्ने रक्तदान कार्यक्रमको संयोजकमा फोनिज कास्कीका कार्यसमिति सदस्य विरेन्द्र तामाङ, दातृसंस्थाहरु समक्ष प्रस्ताव लेखन र संयोजन गर्न उपाध्यक्ष रुद्र श्रीसमगर र भिडियोग्राफी तालिमका लागि सदस्य युग गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।





Comments

comments

732