Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४० जना केटीको फेसबुक ह्याक गर्ने नृत्य निर्देशक पक्राउ

काठमाडौं— कलेज तथा विद्यालयमा अध्ययनरत छात्राहरुका फेसबुकअक अकाउन्ट ह्याक गरी यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ।

नृत्य निर्देशकको काम गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी राहुल बाल्मीकिलाई प्रहरीले पक्राउ गरेको हो।

बाल्मीकिले फेसबुक ह्याक गरी केटीहरुको फेसबुक अकाउन्टमा आफ्नो पहुँच ल्याउने र त्यसपछि चरित्र हत्या हुनेगरी प्रोफायल पिक्चर परिवर्तन गरिदिने, यौन दुर्व्यवहार गर्ने गर्दै आएका थिए। ह्याक्ड भएको फेसबुक अकाउन्ट फिर्ता पाउन उनले पैसा समेत माग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

वाल्मीकिलाई प्रहरीले नेपालगञ्जबाट कानुनी कारवाहीका लागि महानगरीय अपराध महाशाखा ल्याएको छ। उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले उल्लेख गरेको छ।

उनको साथबाट प्रहरीले एक थान लेनेभोको ल्यापटप तथा एक थान बर्ड मोबाइल फोन पनि बरामद गरेको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ।





Comments

comments

Leave a Reply

7370