Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हरिचरण सिटौलाको सुकीर्ति लोकार्पण

शताब्दी पुरूष डा.सत्यमोहन जोशीले “हरिचरण सिटौलाको सुकीर्ति” नामक ग्रन्थको राजधानी काठमाडौंमा लोकार्पण गर्नुभएको छ।

गङ्गाप्रसाद उप्रेती र राधिका दाहालको सम्पादनमा नइ प्रकाशनद्वारा प्रकाशित ६९४ पृष्ठको सो ग्रन्थमा ९५ महानुभावहरूका सिटौलाबारे लेख रहेका छन्।

प्रख्यात समाजसेवी हरिचरण सिटौलाले समाजसेवामा आधा शताब्दीभन्दा धेरै समय पूर्वाञ्चलको तेह्रथुममा आफूलाई समाहित गराउनु भएको थियो। उहाँको ७२ वर्षको उमेरमा २०४९ माघ १४ गते झापामा स्वर्गारोहण भएको थियो।

समारोहमा शताब्दी पुरूष डा.सत्यमोहन जोशीले हरिचरण सिटौला जस्ता त्यागी समाजसेवी नेपाल राष्ट्रकै गौरव भएको बेहोरा उल्लेख गर्नुभयो। डा. जोशीले सिटौलाका नाउँमा नेपाल सरकारले हुलाक टिकट प्रकाशनमा ल्याई उहाँप्रति सम्मान गर्नुपर्ने सुझाव दिनुभयो।

भएको नइप्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईका अनुसार गुञ्जनका अध्यक्ष गीताकेशरीको सभापतित्वमा सञ्चालित सो समारोहमा इन्दिरा प्रसाई, रजनी ढकाल, सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला, डा.वसन्त पन्त, पर्शुराम खापुङ, सम्पादकद्वय गङ्गाप्रसाद उप्रेती र राधिका दाहाल तथा सन्ध्या पहाडीले हरिचरण सिटौलाको समाजसेवाको विषयमा प्रकाश पार्नु भएको थियो।





Comments

comments

Leave a Reply

7419