मिस नेपाल नर्थ अमेरिकाको लागि प्रियंका, मिरुना र आयुषमान आउने

विजय थापा-

न्यूयोर्कमा हुदै आएको मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि अतिथिमा प्रियंका कार्की, मिरुना मगर र आयुषमान देशराज जोशी आउने भएका छन्।

गत फेब्रुअरी २८ का दिनदेखि प्रारम्भ भएको प्रतियोगिताको आवेदन पत्रको अन्तिम मिति मे ३१ सम्म रहेको छ। अझ पनि आवेदन निवेदन दिने समय बाकी रहेकोले इच्छुक सुन्दरीहरुलाई आयोजकको तर्फबाट सैलेश श्रेष्ठले अनुरोध र आह्वान गरेका छन्।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन ग्रान्ड फिनाले हुनेछ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ। “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ।

कुनै जिज्ञाशा भएमा आयोजकसंग सम्पर्क गर्न सकिने छ। यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर हुने भएकी छिन्।





Comments

comments

74602