बेलायतबाट आएकी देवानलाई सम्मान

काठमाण्डौ, बेलायतबाट नेपाल भ्रमणमा रहनु भएकी नेपाली साहित्य विकास परिषद् युकेकी सल्लाहकार तथा यती नेपाली एसोसिएसन युकेकी अध्यक्ष पिपला पाण्डे देवानलाई नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरले सम्मान गरेको छ।

महाराजगंज, बसुन्धरा स्थित दियालो फुडल्याण्ड होटेलमा आयोजित समारोहमा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुलीले परिषद्की सल्लाहकार तथा यती संस्थाकी अध्यक्ष सर्जक समाजसेवी पिपला पाण्डे देवानलाई नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको तर्फबाट विशिष्ट सम्मान गरिएको हो।

बेलायतमा युरोपकै पहिलो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन युके, साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके र सांस्कृतिक संस्था कोसेली नेपाली सांस्कृतिक परिवार युके जस्ता पुराना इतिहास बोकेका युरोपकै जेठा संस्थाहरूले नेपाली पहिचान र परिचयलाई फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको चर्चा गर्नुहुँदै यस्ता इतिहासिक महत्त्वका संस्थाहरूमा निरन्तर आवद्ध रहेर कवि कलाकार समाजसेवी पिपला पाण्डे देवानले नेपाली भाषा साहित्य, कला संस्कृति र समाजसेवाको क्षेत्रमा सिर्जना र सेवाले पु-याउनु भएको विशिष्ट योगदान माथि प्रकाश पार्नुभयो।

देवानले नेपाली भाषा साहित्य कला संस्कृति जस्ता नेपाली पहिचानहरूलाई बेलायतमा संरक्षण र सम्वर्ध्दन गर्न आफूले खेलेको भूमिकाको मूल्याङकन गरेर दिनुभएको विशिष्ट सम्मानबाट आफूलाई अँझ बढी गरौँ भन्ने हौसला जगाएको चर्चा गर्नुहँदै अध्यक्ष देवानले परिषद्को नेपाल च्यापटरमा रहेर सक्रियरूपले लागिपर्नु भएका वरिष्ठ कवि साहित्यकार पदाधिकारिहरूसँग यसरी भेटघाट र अन्तरक्रिया गरेर धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएको चर्चा गर्नु भयो।

समारोहमा परिषद्का नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछाने, सचिव डा. रेणुका थापा ‘सोलु’, कार्यकारिणी सदस्यद्वय ललिता ‘दोषी’ र राजेशजङ्ग शाहले आ-आफ्नो मन्तव्य राख्नुहुँदै सर्जक तथा समाजसेवी पिपला पाण्डे देवानको व्यक्तित्वमाथि प्रकाश पार्नुका साथै नेपाली साहित्य विकास परिषद् युके र नेपाल च्याप्टर दुबैलाई सहकार्यका साथ नेपाली साहित्यको विकास र प्रवर्ध्दनमा अगाडि वढ्नु पर्नेकुरामा जोड दिनुभयो।

परिषद्को नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुलीको सभापतित्व र महासचिव तथा रेडियो नेपालका वरिष्ठ समाचार वाचक हरिशरण लामिछानेको संचालन र सचिव तथा त्रि वि का प्राध्यापक डा.रेणुका थापा ‘सोलु’ को स्वागत मन्तव्य रहेको समारोहको अन्त्यमा रमाइलो दिवा भोजको आयोजना गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

74610