हङकङमा ६ नेपाली पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, २५ मे। अवैध चुरोट तस्करी गरेको आरोपमा हङकङमा ६ जना नेपाली पक्राउ परेका छन्।

फोटो सौजन्यः hk on cc

स्थानीय मिडियाका अनुसार पक्राउ पर्नेहरुमा ३६ देखि ६५ वर्ष उमेरबीचका ६ नेपालीमा ५ पुरुष र १ महिला रहेका छन्। त्यस्तै, एक जना इन्डोनेसियाली महिला रहेका छन्।

प्रहरीले बुधवार दिउंसो नाथान रोड No. 36-44 स्थित चिम शा चुईको चार भवनमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

५ गोदाम घरबाट कम्तीमा ६ लाख हङकङ डलर बजार भाउको चुरोट जफत गरेको जनाइएको छ।

प्रहरीले करीब ६ लाख डलर बजार मूल्य र ६० हजार डलरको कर योग्य मूल्यको कुल १ लाख ४० हजार भुक्तान नगरिएको चुरोट यस अपरेशनमा जफत गरिएको छ भनेको छ।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ।





Comments

comments

74620