क्यान्सर पीडित सिंजालीलाई सहयोगको आग्रह

सुरज गुरुङ / एचकेनेपाल डट कम-
“स्याङ्जाली एकता उपकारी मन,
सद्धभावसंगै विताऔं प्रदेशी जीवन”
भन्ने मुल नाराका साथ जुलाई २० मा परिवारका अध्यक्ष मिलन रानाको अध्यक्षतामा सम्पन्न भएको छ। संस्थाको समसामयिक गतिविधि, कार्यगतदक्षता अभिबृद्धि, अन्य संघ–संस्थासंग प्रभावकारी भूमिका तथा साधारण सभा बोलाउने जस्ता महत्वपूर्ण विषयमा सो भेला केन्द्रित रहेको थियो।

“एकतामा नै बल हुन्छ” त्यसैले सबै स्याङ्जालीबीच सद्धभाव राख्दै अन्य कार्यक्रम रचनात्मक बनाउनु पर्छ भन्ने तर्क पेश गर्नुहुदै परिवारका उपाध्यक्ष श्रीमति हिमानी गुरुङले स्वागत मनतव्यको साथ अगाडि बढेको उक्त कार्यत्रममा प्रमुख अतिथि सल्लाहकार तथा भूपू अध्यक्ष झक थापा मगर, विशेष अतिथिहरुमा सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ सल्लाहकारद्धय गुप्त गुरुङ, खोम गुरुङ र स्याङ्जा परिवार द. कोरियाका भलिबल क्याप्टेन अमित राना मगरको उपस्थिति थियो।

करीब १०० जना भन्दा बढी जिल्लाबासी सहभागी भेलालाई प्रमुख अतिथि झक थापा मगरले आपतविपत परेकालाई सहयोग, आपसमा मेल मिलापको भावना, द. कोरियामा स्याङ्जाको अग्रणी भूमिका तथा विविध कार्यक्रममा अत्यन्त क्रियाशिल रहेको चर्चा गर्नु भएको थियो। आँधी खोला सांगीतिक सौगात भाग ४ ले ऐतिहासिक सफलता प्राप्त गरेकोमा उद्धेश्यप्रति केन्द्रित रही सफलताका साथ कार्य सम्पादन गर्न कार्यसमितिलाई घच्घच्याउदै टिप्पणी समेत गर्न भ्याउनु भयो।

कार्यक्रममा अतिथि पूर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङले परिवारको क्रियाशिलता प्रभावकारी रहदै आएको र अझै थप हौसलाका साथमा स्याङ्जा परिवारले संस्थालाई चुस्त र दुरुस्त पार्नेमा आफू िवश्वस्त रहेको जानकारी गराउनु भयो। परिवारले स्थापनादेखि अहिलेको अवस्थामा आईपुग्दासम्म धेरै आरोह अवरोह रहदै आएकोले परिवारमा धैर्यता र साहसमा अभिबृद्धि भएको जिकिर गर्नु भयो। कोरियाकै क्रियाशिल संस्था मध्यको पहिलो नं. मा स्याङ्जा परिवार आउने कुरामा निश्चित रहेको भन्दै एम्बुलेन्स छिटै संचालनमा आसय व्यक्त गर्नु भयो।

अर्का अतिथि संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार गुप्त गुरुङले स्याङ्जा परिवारले कोरियाको भूमिका आफ्नो छुटै पहिचान बनाईसकेको दावी गर्दै परिवारको भविश्य उज्वल रहेको प्रति खुसी प्रकट गर्नुभएको थियो। कार्यक्रमलाई सफल पार्नुहुने सबैलाई धन्यवाद तथा सम्मानित हुनुहुने स्थानीय कलाकारलाई बधाई ज्ञापन गर्नुभयो।

यस्तै अर्का अतिथि स्याङ्जा परिवारका सल्लाहकार तथा कास्की परिवारका सचिव खोम प्रसाद गुरुङले आफ्नो जन्म थलो स्याङ्जाप्रति अगाढ साईनो रहेकाले स्याङ्जा परिवारको हरेक कार्यक्रममा सहयोग गर्न पाउदा भाग्यमानी महशुस गरेको भन्दै परिवरको एकता, कार्यगत शैलीमा परिपक्वता, अन्य संघ–संस्थासंग स्याङ्जाको स्पष्ट भूमिकालाई अझ निखारेर लानुपर्ने कुरामा जोड दिनु भयो।

संस्थाको आयव्यय विवरण कोषाध्यक्ष गुन ब. रानाले प्रस्तुत गर्नुभएको थियो । एम्बुलेन्स खरिद गर्ने तथा सञ्चालन सम्बन्धी शीर्षकमा सोही परिवारका सहसचिव कुमार थापाले बोल्नु भएको थियो। सांगीतिक सौगात भाग ४ को उद्धेश्य अनुरुप सुविधायुक्त एम्बुलेन्स साझा सम्पति भएकोले सबै स्याङ्जालीलाई सदुपयोग गरी पूर्ण संरक्षण जिम्मा आएको भन्दै सञ्चालनका लागि तदर्थ समिति गठन गरिने समेत थापाले जानकारी गराउनु भयो। साथै सम्मानित कलाकारहरुलई बधाई दिनु भयो।

कार्यक्रमको उत्तरार्धमा कार्यक्रमका अध्यक्ष मिलन रानाले भेलामा उठेका जिज्ञासा र अन्य विषयगत बुंदामा आफ्नो प्रष्ट धारणा राख्नुभएको थियो। स्याङ्जा परिवारले आयोजना गरेको हरेक कार्यक्रममा सम्पूर्ण स्याङ्जालीको पूर्ण समर्थन रहेकोमा उहाँले धन्यबाद तथा खुसी व्यक्त गर्नु भयो। आँधी खोला सांगीतिक सौगात भाग ४ लाई ऐतिहासिक सफलता दिलाउनमा स्याङ्जाली तथा गैर स्याङ्जालीहरुको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्दै एम्बुलेन्स जिल्लामा आईसकेकोले अव विधिवत रुपमा संचालनमा ल्याउने बताउदै अध्यक्ष रानाले आर्थिक लेखा स्पष्ट रहेको उल्लेख गर्नु भयो।

सम्मानित कलाकारप्रति आभार प्रकट तथा धन्यवाद प्रकट गर्दै अध्यक्ष रानाले समयमै सम्मान कार्यक्रम गर्न नसकेकोमा आफू निकै दुःखी भएको खुलासा गर्नु भयो। भेलालाई सम्बोधन गर्दै जिल्लावासीहरु कोरियामा धेरै संख्यामा फुटबल खेलाडीहरु रहेको हुनाले फुटबल खेलबाट जिल्लाको नाम अगाडी आउन सल्लाहकार गुप्त गुरुङको संयोजकत्वमा आउने फुटबल प्रतियोगितामा भाग लिने कुरा व्यक्त गर्नु भयो। कार्यक्रम स्याङ्जा परिवारका सचिव दिपेन्द्र अधिकारीले संचालन गर्नु भएको थियो।

“सहयोगको अपिल”
स्याङ्जा जिल्ला तीनदोबाटो गा.वि.स. ३ घर भई ई.पि.एस. रोजगारी प्रणाली अनुसार यहि बैसाख १–२०७१ मा काठमाडौं देखि द. कोरिया उडेका वर्ष २६ का कमल सिंजाली मगर २ महिनामै गम्भीर विरामी परि स्वास्थ्य परिक्षण गराउदा WBC Blood Cancer संक्रमित भईसकेको Seoul Medical Center ले पुष्टि गरेको थियो। अस्पतालका अनुसार कोरियामा उपचार गर्न अति महंगो हुने भएको हुनाले र सिंजालीको स्वास्थ्य अवस्थाको मध्यनजर राख्दै चिकित्सकसहित जुलाई १४ मा नेपालको सम्बन्धित अस्पतालको जिम्मामा पुर्याइएको थियो। हाल उनी “भक्तपुर क्यान्सर अस्पताल”मा उपचारर्थ छन्।


क्यानसर पीडित कमल सिंजाली मगर

सिंजालीको घरको आर्थिक स्थिति निकै कमजोर रहेकोले र यो दर्दानक पीडामय स्थितिलाई हामी सबैले थोरै सहयोगले ठूलो देन अवश्य हुनेछ। विवाहित सिंजालीका २ वर्षीय छोरीसमेत छिन्। अवश्य सहयोगी मनले खुसीले सहयोग गर्नु हुनेछ भन्ने स्याङ्जा परिवार द. कोरिया हार्दिक अनुरोध गर्दछ। सहयोगी हातहरुको नामावली पछि प्रकाशित गर्ने छौं। धन्यवाद “खान पुगोस्, दिन पुगोस्”

साधारण सभा हुने स्थानः नेपाल हाउस
मितिः अगष्ट १७ आईतावार
wonnam–dong b/d-89-3

क्यान्सर पीडित सिंजालीको लागि तल निम्न उल्लेखित खाता नं. मा रकम पठाई सहयोग गर्न सक्नुहुने छ।
gotame
ibk bank
ac. no. 221-281576-02-017
korea dream


स्थानीय कालाकारहरुलाई सम्मान


आँधी खोला सांगीतिक सौगात भाग ४ कार्यक्रमबाट संकलित रकमबाट एम्बुलेन्स खरिद।





Comments

comments

753