Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायतमा १० औ अन्तर्राष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा १० औ अन्तर्राष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
फोक्सटन ,बेलायत। बेलायतको रिडिङ्गमा दुई दिने १० औं अन्तर्राष्ट्रिय मैत्रिपूर्ण तेक्वान्दो खुल्ला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको लागि हल्याण्ड, अमेरिका, मेक्सिको, स्पेन, बेलायत, कतार, क्यानाडा, ब्रुनाई, दुबई र नेपाल लगायत २४ अन्तर्राष्ट्रिय मुलुकहरुबाट ३५ अफिसियल रेफ्रिहरु झिकाईएको थियो।

गैरआवासीय नेपाली संघ, जेन मार्शल र सगरमाथा डोजङ्गको संयुक्त आयोजनामा करीव ५५ हजार पाउण्ड कार्यक्रममा खर्च भएको मास्टर राष्ट्र राईले बताउनु भयो। १० औं अन्तर्राष्ट्रिय तेक्वान्दा प्रतियोगिता चिफ ग्राण्ड मास्टर जेके सिंह र नेपाली राजदूत कार्यभार तेजबहादुर क्षेत्रीले उद्धघाटन गर्नु भएको थियो।

यसअघि यो प्रतियोगिता सन् २००० मा काठमाडौका बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालिन युवराज दीपेन्द्र शाहबाट शुरुवात गरिएको हो। दोश्रो संस्करण पोखरा नेपाल, तेस्रो पोटल्याण्ड अमेरिका,चौथो हङकङ, पाचौ पोटल्याण्ड अमेरिका, छैटौ भारत, सातौ पोर्टल्याण्ड अमेरिका आठौ काठमाडौमा र नवौ पोटल्याण्ड अमेरिकामा भईसकेको मास्टर राजेश राईले बताउनु भयो।

प्रतियोगितामा १३ राष्ट्रहरुबाट करीब ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका यस प्रतियोगितामा एक स्वर्ण पदक धरान निवासी अमिता राईसहित सात रजत पदकहरु नेपालबाट आएका खेलाडीहरुले जितेका थिए। सगरमाथा तेक्वान्दो डोजङ्गका अध्यक्ष राष्ट्र राईले निजी स्तरबाट सञ्चालन भएको यस प्रतियोगितालाई नेपाल सरकारले चासो र मान्यता राखिदिएमा देश विदेशमा रहेका नेपाली खेलाडीहरुबीच आपसी मित्रताको साईनो अझ सुचारुक रुपमा अगाडी बड्नसक्ने संम्भावना र नयां प्रतिभाहरुलाई जन्माउन सकिने विश्वास ब्यक्त गर्नुभएको थियो।

प्रतियोगितामा (आईओएफटिसी) का संस्थापक ग्राण्ड मास्टर दिवाकर महर्जन अमेरिका, साफ गेम्स गोल्ड मेडलिस्ट मास्टर राजकुमार राई क्यानाडा, सिल्भर मेडलिस्ट मास्टर सिता राई अमेरका, र ग्राण्ड मास्टर रमेश गोसाई हङकङ समेतले प्रतियोगितामा सहभागिता थिए। कार्यक्रम एनआरएन बेलायतको उपाध्यक्ष हिराधन राईको संयोजकत्वमा सञ्चालित दुई दिने कार्यक्रम जेन मार्शलको अध्यक्षतामा ग्राण्ड मास्टर ईन्द्र गुरुङ्गले उद्धघोषण गर्नु भएको थियो। प्रतियोगिता गत २६ र २७ जुलाईमा भएको थियो।





Comments

comments

757