बाँकेमा डुबेर २ जनाको मृत्यु

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।





Comments

comments

76191