Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

याकुबको फाँसीको बदला लिने दाउदको चेतावनी

एजेन्सी, अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलाई भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन्। दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले दाउदको तर्फबाट बोल्दै भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन्।

शकिलले याकुबको फाँसीलाई कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलाई चेतावनी दिएका हुन्। शकिलले याकुबलाई भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको जनाउँदै त्यसको बदला लिएरै छाड्ने बताए।

सन् १९९३ मा मुम्बईका दर्जन बढी ठाउँमा गरिएको धमाकामा दोषी ठहर्याएर याकुबलाई बिहीबार महाराष्ट्रको नागपुर सेन्ट्रल जेलमा फाँसी दिइएको थियो। छोटा शकिल पनि मुम्बई बम आक्रमणका एक दोषी हुन्।

‘भारत सरकारले यो कस्तो सन्देश दियो? तिमीहरुले एक निर्दोषलाई उसका भाइले गरेको अपराधमा सजाय दियो’, शकिलले एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै भने, ‘डि कम्पनी यसको निन्दा गर्छ।’

शकिलले यो फाँसीको परिणाम भोग्न तयार हुन समेत भारतलाई चेतावनी दिए। उनले भारतलाई धोकेबाजको संज्ञा दिँदै उनका प्रमुख दाउद र भारतबाट भागेका अन्य मान्छे अब फर्कने सम्भावना पनि समाप्त भएको जनाए।

शकिलले मुम्बई बम हमलाका दोषी याकुबका भाइ टाइगर भएको जिकिर गरे। शकिलले भने, ‘दाउद भाइको पनि यही हालत हुनेछ यदि उनी भारत फर्के भने उनलाई पनि झुन्डाउनेछन्।’ अन्नपूर्णपोष्टमा समाचार छ।

दाउदका साथै चाँदीका तस्कर तथा याकुबका दाजु टाइगर मेमनले मुम्बई बम हमलामा संलग्न भएर त्यसलाई सफल पारेको आरोप छ। ‘अबबाट कुनै पनि भारतीय एजेन्सीको भरोसा गर्न सकिन्न’, शकिलले भने, ‘चाहे उनीहरुले जति नै धेरै भरोसा किन नदिउन्।’





Comments

comments

Leave a Reply

7631