Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३२ पुग्यो

पोखरा– अविरल वर्षापछि आएको पहिरोमा परी बेपत्ता भएका कास्की लुम्लेका दुईजनाको शव शुक्रबार दिउँसो फेला परेको छ। मृतक थपिएसँगै पहिरोमा परेर कास्कीमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरीका अनुसार पहिरोमा पुरिएर वेपत्ता रहेका लुम्ले–६ माझथरकी सियोधरी देवकोटा (८१) र अञ्जिला शेर्पा (५ महिना) को शव शुक्रबार दिउँसो भेटिएको हो। कास्कीका डिएसपी केदार रजौरेले खोजी गर्ने क्रममा शेर्पा र देवकोटाको शव माटोमुनि पुरिएको अवस्थामा शव फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार लुम्लेमा मृत्यु हुनेको संख्या अब २५ पुगेको छ। भदौरे तामागीमा ५ जना र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको थियो। नागरिकन्युजमा समाचार छ। प्रहरीका अनुसार भदौरे तामागीमा ४ र लुम्लेमा ३ गरी ७ जना वेपत्ता छन्। ‘वेपत्ताको खोजी जारी रहेको छ,’ डिएसपी रजौरेले भने, ‘सुरक्षाकर्मी परिचालन छ। सम्भव भएसम्मको प्रयास गरेर खोजी गरिरहेका छौ।’ एक्साभेटर लगाएर भए पनि खोज्ने उनले बताए।

कास्कीका एसपी हरिबहादुर पालले भदौरेमा बेपत्ता रहेकाको खोजीका लागि पक्की घरसमेत काटेर हेरेको बताए। ‘पुरिएका पक्कि घरको ढलान काटेरै खोजेका छौं। तर पनि भेटिएको छैन। प्रयास जारी छ,’ उनले भने, ‘एक्साभेटर लगाएर पुरिएको माटो पन्छाएर खोजी गरिरहेका छौं।’ बेपत्तालाई बगाएर लगेको आशंका गरिएको उनले बताए। भेलले बगाएर नजिकैको हर्पन खोलामा मिलाउन सक्ने सम्भावना छ। त्यहीअनुसार खोजी जारी छ,’ पालले भने।





Comments

comments

Leave a Reply

7758