Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा आफ्नै साथीद्वारा नेपालीको हत्या

मीनप्रकाश उप्रेती/ एचकेनेपाल डट कम –
सउल, कोरियामा एक नेपालीले अाफ्नै साथीको हत्या गरेका छन्। काभ्रेका ३६ वर्षीय सुदिप राउतको सँगै बस्ने साथीबाट हत्या भएको हो।


मृतक राउत

सउल निजिकैको ख्यंगीदो ग्वाङजुमा रहेको फर्निचर कम्पनीमा कार्यरत भोजपुरका आफ्नै साथी ३४ वर्षीय परशुराम राईले राउतको हत्या गरेका हुन्।

बिहीबारसँगै खाना खाई सुतेका राउतलाई सुतेकै अवस्थामा रातको करीब १२ बजे राईले काठको चिर्पटले हिर्काई हत्या गरेका थिए। हत्यापछि राई आफैले प्रहरीलाई खबर गरेको नजिकै रहेका नवलपरासीका मिलन न्यैापानेले बताएका छन्।

यौन रोगको उपाचार गराई रहेका राई केही दिनयता मानसिक तनावमा रहेको न्यैापानेको भनाई थियो। रोजगार अनुमति प्रणालीबाट मृतक राउत एक हप्ताअघि मात्र कोरिया प्रवेश गरेका हुन् भने राई आएको दुई साता मात्र भएको थियो।





Comments

comments

Leave a Reply

7777