Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बन्दको क्रममा २७ सवारीसाधनमा क्षति (भिडियोसहित)

नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले शुक्रबार देशका विभिन्न स्थानमा १९ सवारीसाधनमा तोडफोड र आठवटा सवारीसाधनमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ।


पेट्रोल छर्केर यसरी जलाइयो ट्रक

सवारी साधन तोडफोड र आगजनीमा संलग्न तथा बन्द गराउँदै हिँडेका उपत्यकामा ९९ जना र उपत्यका बाहिर १४८ गरी २४७ जनालाई प्रहरीले नियन्त्रण लिएको गृहले जनाएको छ। बन्दको क्रममा जनजीवन प्रभावित भएपनि सुरक्षा सतर्कताका कारण कुनै अप्रिय घटना नघटेको मन्त्रालयका सहायक प्रवक्ता खुमकान्त आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। (रासस)

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दमा कसले के पाए कसले के गुमाए ?
हेर्नुहोस् भिडियो…





Comments

comments

Leave a Reply

7647