Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ड्राइभरलाई भित्रै राखेर ट्याक्सी जलाइयो (फोटोसहित)


फोटो: विप्लव माओवादीका कार्यकर्ताले जलाएको ट्याक्सी। तस्बिर: रासस

काठमाडौँ: बन्द सफल पार्ने नाममा विप्लव माओवादीका कार्यकर्ताले शुक्रबार दिउँसो काठमाडौंको नयाँ बजारमा ड्रार्इभरसहितको ट्याक्सीमा आगो लगाएका छन्।

बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइएपछि ट्याक्सीका ड्राइभरले भने भागेर ज्यान बचाउन सफल भए। गफ गर्ने बाहानामा ट्याक्सी नजिक आएका विप्लवका कार्यकर्ताले आगो लगाएका थिए। अन्नपूर्णपोष्टमा समाचार छ।


जल्दै गरेको ट्याक्सी अगाडि प्रहरी । तस्बिर: कबिन्द्र भट्ट

नयाँ बजारबाट सोह्रखुट्टे जाँदै गरेको बा १ ज २३०१ नम्बरको ट्याक्सीका ड्रार्इभरलाई निस्कनै नदिई विप्लवका कार्यकर्ताले धारा गल्लीको सडकमा आगो लगाएका प्रत्यक्षदर्शीले बताएका छन्।

ट्याक्सी दनदनी बल्न थालेपछि ड्राइभर निस्केर भागेका थिए। आगजनीबाट ट्याक्सी पूरै जलेर नष्ट भएको छ।


आगो लगाइएपछि दनदनी जल्दै गरेको ट्याक्सी। तस्बिर: कविन्द्र भट्ट

ट्याक्सी जलाउने माओवादी कार्यकर्ताको खोजी भइरहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

7655