Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नवराम राईको १२ महिने गीत सार्वजनिक

धरानका पुराना गायक नवराम राईको स्वर रहेको “बैसाख नि बित्यो – जेठ पनि बित्यो “ बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र युट्युबमार्फत सार्वजनिक गरिएको छ।

१२ वर्ष अगाडि नै तयार गरिएको उक्त गीत गत वर्षमात्र रेकर्ड गरि अहिले भिजुलाइज गरिएको हो। बैशाखदेखि चैत्रसम्म बार्है महिना आफ्नो प्रेमिकालाई पर्खेर बिताएका क्षणहरुलाई गीतमा समेटिएको छ। म्युजिक भिडियोमा गायक नवराम राईलाई नै अभिनय गरिएको छ।

यसअघि गायक फुर्बा शेर्पाले गाएको एक अक्षर को गीत “मिर्मीमा “ लगायत थुप्रै गीतका सर्जक ढकाल भाइ (केशव ढकाल)ले रचना गरेको उक्त गीतमा सबिन राईले गाएको गुराँसको फेद मुनि, कालो कालो रात जस्ता चर्चित गीतका संगीतकार नवराम राईकै संगीत रहेको छ।
बिचमा नमूना नामक एल्बम बजारमा ल्याएपनि सुस्ताएका नवराम राई “बैशाख नि बित्यो – जेठ पनि बित्यो “ गीतबाट पुन जुर्मुराएका छन्। उक्त गीत को भिडियो छायांकन रोजेश शाक्य र रबिन राई, सम्पादन प्रज्ज्वलित र निर्देशन कबि राईको रहेको छ भने निर्माण सिल्भर इन्टरटेन्टमेन्टले गरेको छ।

सिल्भर इन्टरटेन्टमेन्टले आफ्नो यु – टुब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोले राम्रो रेस्पोन्स पाएको छ। साथी भाइ तथा विभिन्न पूर्वका कन्सर्टहरुमा दर्शकहरुले मनपराई सक्नु भएकोले पनि गीतले राम्रै गति लिने कुरामा ढुक्क छन् गायक नवराम।

बैशाख नि बित्यो बोलको गीत भने यसघि नै माघ महिनाबाट विभिन्न एफएमहरुबाट सार्वजनिक गरिसकेको छ। गायक राई अब चाडै नै हङकङमा आफ्नो सांगीतिक कार्यक्रम लिएर जाने तरखरमा छन् भने धरानमा एकल कार्यक्रमसमेत गर्ने तयारीमा छन्।





Comments

comments

Leave a Reply

7657