Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कन्दराको ‘चन्द्र कोटकी नानी’ युट्युबमा

एचकेनेपाल डट कम-
लोकप्रिय सांगीतिक समूह कन्दरा व्यान्डले ‘चन्द्र कोटकी नानी’ बोलको नयाँ गीतको ज्याम अप भर्सन युट्युबमा अपलोड गरेको छ।

गीत रेकर्ड हुनु अगावै यसलाई सार्वजनिक गर्ने योजनाअनुसार यसअघि नै कन्दराले ‘भेडीगोठैमा’ बोलको गीत यूट्यूबमा हालेको थियो।

स्टेरियो रेकर्डसले कन्दराको गीतलाई बजारमा ल्याउँदैछ। स्टेरियो रेकर्ड्सका प्रबन्ध निर्देशक आशिष पराजुलीका अनुसार एल्बम असोजको पहिलो साता राजधानीमा सार्वजनिक गरिनेछ। ‘एल्बम सार्वजनिक भए लगत्तै कन्दराले देशका प्रमुख सहरमा लाइभ कन्सर्ट गर्दैछ,’ पराजुलीले भने, ‘कन्दराले दसैंअघि काठमाडौंमा अर्केस्ट्रासहितको एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्नेछ।’

२१ वर्षअघि पोखरामा स्थापित व्यान्डले पप संगीतको आकाशमा ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता सदावहार गीत दिइसकको छ। लामो समयको ब्रेकपछि फेरि कन्दरा फर्किएको छ। ‘चन्द्र कोटकी नानी’ गत वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै ल्याइएको गीत हो। गीतमा उनको शब्द छ। ब्यान्डले नयाँ एल्बममा आफ्नो पुरानो ‘तिमी पारी’ गीतलाई समेत रिमेक गरेको छ।





Comments

comments

Leave a Reply

7659