स्रष्टा दुर्गादेवी नेपालको निधन

नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको हिजो साँझ नइगृहमा निधन भयो।

हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उहाँकी छोरी इन्दिरा प्रसाईले मुखाग्नि (दागबत्ती) दिएकी थिइन्।

दुर्गादेवी नेपालको आत्मकथा ‘बगेको खोला’ र कवितासङ्ग्रह ‘उनैको माया’ प्रकाशित कृति हुन् । ‘बगेको खोला’ उहाँले २०६४ सालमा अमेरिका बसाइक्रममा लेख्नु भएको थियो । सोही ग्रन्थले ‘गोधूलि पुरस्कार’ प्राप्त गरेको थियो।

‘सुकेको खोला’ लेख्नेक्रममा विगत दुई वर्षदेखि उहाँ दृष्टिविहीन हुनुभएको थियो।

नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उहाँका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो।

एक लाख रूपियाँ राशिको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपालबाहिरका नेपाली भाषासाहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

78947