Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तीन जनालाई देवकोटा, सम र लेखनाथ पुरस्कार

एचकेनेपाल डट कम –
त्रिमूर्ति निकेतनले केदार शर्मा ढकाल, शकुन्तला शर्मा र मनिराज जोशीलाई देवकोटा, सम र लेखनाथ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

ताम्रपत्रका साथै यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन्।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा ६ दशक अघिदेखि निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत स्याङ्जाका केदार शर्मा ढकाललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यसैगरी नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्‍याउन उद्धत काठमाडौंकी शकुन्तला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ।

नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत कैलालीका मनिराज जोशीलाई पनि यसै वर्ष ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।

सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।





Comments

comments

Leave a Reply

7909