रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ।
न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिईन् भने यादव र पुजन फोरमका सभासद थिए। कान्तिपुर दैनिकमा समाचार छ।
विशेषले अध्यागमनका तत्कालिन कर्मचारीहरु इन्कुमार सुनुवार, देबीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारीर भुमिनन्द भण्डारीलाई पनि उनीहरु सरह नै सजाए सुनाएको छ।