कोरियामा कति छन् नेपाली ?

अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ। नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन्।

इपीएस लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ५७ नेपालीले दक्षिण कोरियामा रोजगारीका अवसर पाएका छन्। कारोबार दैनिकमा समाचार छ।

राजधानी सउलस्थित अध्यागमन विभागको तथ्यांकअनुसार ३० हजार ५ सय ३५ पुरुष र २०५२ महिला कोरिया प्रवेश गरेका छन्। पुरुषहरुको तुलनामा महिलाहरुको संख्या ज्यादै न्यून छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष विनोद कुँवरका अनुसार व्यापारीहरु १ सय हाराहारीमा छन्। नेपाली विद्यार्थी समाज कोरियाका अध्यक्ष बिमल सुवेदीले विद्यार्थी र शिक्षक गरी करिब ६५० नेपाली रहेको जानकारी दिए। विवाहित भिसामा आउनेको संख्या पाँचसय हाराहारी छ। अवैधानिक रुपमा लुकिछिपी बस्नेको कुनै तथ्यांक छैन।





Comments

comments

Leave a Reply

7923