Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नायिका नन्दिता र केकीले मिस नेपाल युएसमा धमाकादार प्रस्तुति दिने

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। आगामी अगस्त २२ तारिख विश्व कै सम्राट राज्य न्युयोर्कमा हुन गै रहेको पाँचौं मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी) प्रतियोगितामा नेपालका चर्चित नायिकाद्वय नन्दिता केसी र केकी अधिकारीले प्रत्यक्ष धमाकादार प्रस्तुति दिने भएका छन्।

दुवै नायिका केही समय अगाडि अमेरिकाको क्यालिफोर्नियामा आई पुगेको जानकारी दिदै पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने जानकारी स्थापना कालदेखि नै क्रियाशील रही आएका तथा आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले बताए।

श्रेष्ठले थप जानकारी दिदै नायिका नन्दिता केसी र केकी अधिकारी प्रतिभाशाली कलाकार हुन् भन्दै यस्तो शुभ अवसरमा विदेशमा रहेका नेपालीहरुले उहाँहरुको कलाको प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रत्यक्ष प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको बताए।

यस पटकको पाँचौ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताले बिशेष हुने बताउदै भव्यताको साथ सम्पन्न गर्न आयोजक समूह अहोरात्र खटिई रहेको बताए।

पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिवुडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडि नै अमेरिका आई सकेका छन् भने बलिवुडकी चर्चित नायिका मनिषा कोइरालाको पनि सहभागिता हुने आयोजकले जनाएका छन्।

यसपटक कार्यक्रमबाट संकलित रकमले नेपालीको पुनर्निर्माणमा जाने भएकोले अझ हामी नेपाली समुदायसंग ज्यादा अपेक्षा गर्दछौ र सहभागी हुन आब्हान आयोजकको तर्फबाट श्रेष्ठले गरेका छन्।

नन्दिता केसी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् भने अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलेको चल्तीकी नायिका मध्येकी एक हुन्। बुटवलबाट नृत्य प्रशिक्षण लिई बुटवलबाटै चलचित्र क्षेत्रमा होमिएकी अभिनेत्री केसी चलचित्र क्षेत्रमा स्थापित भई सकेकी छिन्। हालसम्म अढाई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन्। ‘सपना’, ‘मालतीको भट्टी’, ‘जिन्दगानी दर्पण छायाँ’लगायतका चलचित्रमा अभिनय गरेकी छिन्।

यस्तै गरि केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक नमुना (मोडेल) हुन्। केकीले थुप्रै नेपाली साङ्गीतिक श्रब्य दृष्य (भिडियो), टेलिभिजन विज्ञापन तथा आधा दर्जन भन्दा ज्यादा नेपाली चलचित्रमा काम गरी सकेकी छिन्।

केकी “स्वर’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले अभिनय गरेका चलचित्रहरु महसुस, बितेका पल, आइ एम सरी, मसान, मायाको बारीमा, तथा मेरो बेस्ट फ्रेन्डमा सशक्त अभिनयले निकै चर्चामा पुगेकी छिन्।

उनले नाटक अभिनयमा पनि आफूलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्।





Comments

comments

Leave a Reply

7927