Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अप्रेसनको बेला डाक्टर विहोस भएपछि विरामीको मृत्यु

मुम्बई, शल्यक्रियाको बेला चिकित्सक नै बेहोस भएपछि भारतको मुम्बईमा एक बिरामीको मत्यु भएको छ।

फाईल फोटो
मृत्यु हुनेमा मुम्बई निवासी ६५ वर्षीय वामन जारे रहेका छन्। भारतीय संचारमाध्यमका अनुसार मंगलबार सियोन अस्पतालमा उनको फोक्सोको शल्यक्रिया गरिदैं थियो। फोक्सोमा पानी जमेकोले चिकित्सककै सल्लाहअनुसार उनको शल्यक्रिया गरिदै थियो।

शल्यक्रियाको जिम्मवारी सम्हालेका मूख्य चिकित्सकलाई अचानक ‘पेनिक अट्याक’ भएपछि हतारमा अर्को चिकित्सकले ती बिरामीको शल्यक्रिया गरे।

चिकित्सकले बिरामीको फोक्सोको दाहिनेतर्फ ‘पङ्चर’ गर्नुपर्नेमा बायाँतर्फ ‘पङ्चर’ गरेपछि गम्भीर अवस्थामा पुगेका ति बिरामीको १५ िमनेटमै मृत्यु भएको थियो। (एजेन्सी)





Comments

comments

Leave a Reply

7936