प्रज्ञाप्रतिष्ठानको आयोजनामा लेखक र बुद्धिजीवीहरुद्वारा यलम्वरको चर्चा…

चन्द्र मादेन आन्छन –

काठमाडौं, जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञाप्रतिष्ठान हङकङको आयोजनामा शनिवार किराया हङकङको मुखपत्र “यलम्वर” अंक २१ अन्तर्गत अन्तरजातीय विवाह र चुल्हा प्रचलनसम्बन्धी विभिन्न लेखक, श्रष्टा र बुद्धिजीवीहरुको भेटघाट र छलफल भयो।

प्रज्ञाप्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरु डा भक्त राई, डा तारामणी राई, अतिथिहरु अन्तर्राष्ट्रिय खेलकुद छनोट परिषदका प्रमुख एवं उपसचिव महेन्द्र राई, प्रज्ञाप्रतिष्ठान नेपालका प्राज्ञ चन्द्र रानाहँछा, संगीतकार, गायक एवं एरेन्जर थिरज राई,गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, गीतकार संघकै निवर्तमान अध्यक्ष शुभ मुकारुङ, साहित्यकार चन्द्र मादेन आन्छन, चर्चित पत्रकार टिका चाम्लिङ लगायत विभिन्न लेखक, संस्कृतिकर्मी, रंगकर्मी, साहित्यकार, संगीतकार, गायक, कवि आदिहरुको वाक्लो उपस्थितिले “अन्तरजातीय विवाह र तीन चुलाको महत्व” सम्वन्धी गम्भीर गोलमेच छलफलमा आआफ्नो अवधारणा प्रस्तुत गरेका थिए।

अधिकांश वक्ताहरुले यो कार्यक्रमको विषय उठाननै पृथक महत्वपूर्ण भएको, हङकङका नेपालीहरुले राष्ट्रको हरेक दुःख-सुखमा उल्लेख्य योगदान दिएको र प्रवासमा पनि २१ औं अंकसम्म निरन्तर यलम्वर प्रकाशित गर्नुहुने संस्था किरात राई यायोख्खाकी अध्यक्ष चन्द्रका/माया थुलुङ, प्रतिष्ठान हङकङका कुलपति शशीमदन राईलगायत आवद्व पदाधिकारी र शुभचिन्तकको उच्च प्रशंसा गर्दै सवैलाई धन्यवाद दिईएको थियो।

कार्यक्रममा यलम्वर पत्रिकाको २१ औं विशेषाङ्कमा महत्वपूर्ण लेख पस्किनुहुनेहरु चर्चित स्रष्टा प्रगति राई, डाक्टर भक्त राई र पत्रकार लेखक सचित राईलाई समाजसेवी एवं उपस्थित मध्येका ज्येष्ठ नागरिक दिलेन्द्र मुकारुङमार्फत शिरमा सेतो फेटा गुथेर (शिर उठानी) सम्मान गरिएको थियो। त्यस्तै किराया हङकङ समितिद्धारा सहयोग नगद रु २० हजार पठाईएको रकम किरात राई संस्कृति कलाकार संघका अध्यक्ष शालिक सताशक राई र महासचिव पदम थुलुङद्वयलाई सभाध्यक्ष वसन्त विपीन राईले हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमको संचालन सामाजिक अभियन्ता प्रमिला राईले गर्नुभएको थियो। यो रेस्टुरेन्ट हङकङे नेपालीहरु जेवी ओख्रावु वसन्त/विपीन राई आदि साथीहरुद्वारा यसैसाल संचालित भएको हो।





Comments

comments

81920