कतारमा बाग्लुङ सेवा समाजलाई यस वर्षको भलिबल उपाधि

बिल गुरूङ / एचकेनेपाल डट कम –
दोहा, कतार। मुस्लिम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सनैया स्ट्रिट नं.४४ मा अवस्थित अनाबिव सर्भिसेस कम्पनीको कम्पाउण्डमा सम्पन्न भएको छ।

कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था र ब्यवसायीक कम्पनीहरुको प्रतिनिधित्व गर्दै कुल ३२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता ईदको पहिलो दिन गत जुलाई २८ तारिख सोमवार सा“झ देखि सुरु भई गत विहीवार जुलाई ३१ तारिख सा“झ सम्पन्न भएको थियो।

उदघाटन कार्यक्रमः

तमू खेलकुद समितिका अध्यक्ष सूर्य तमूको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा नेपाली राजदुतावासका श्रम सहचारी ईन्द्रदेव पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित थिए । तमू समाज कतारका महासचिव खुशिमान तमूले सञ्चालन गरेको उदघाटन कार्यक्रमको विशेष अतिथिहरुमा समाजका संरक्षक बिलबहादुर तमू, अध्यक्ष कृष्ण तमू र अनाबिव सर्भिसेस कम्पनीका सुपरभाईजर रामप्रसाद अधिकारी थिए । त्यसै गरि अतिथिहरुमा एनआरएनए आईसीसी सदस्य द्वय अमृत तमू र उमेश अधिकारी, एनआरएनए आईसीसीका सल्लाहकार नरेन्द भाट, एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्की, महासचिव बिनोद भट्टराई, समाजसेवीहरु सागर नेपाल, कमलमणी गुरागाई, राजेश दर्शन अर्याल, नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिलकिरण खजुम, मञ्चका उपाध्यक्ष चाणक पोखरेल, मातृभुमिका लागि यूवा अभियान अन्तरराष्ट्रिय समितिका सदस्य कमल घिमिरे, तमू समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार रामबहादुर तमू, समाजका सल्लाहकारहरु क्रमशः बुधबल तमू, जगन तमू, बुद्ध तमू र मदन तमू, खस क्षत्री समाजका अध्यक्ष हंशराज ढकाल क्षत्री, नेपाल प्रवासी मगर संघ कतारका महासचिव रेशम मगर, किरा“त राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राई, कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर तमू, बाग्लुङ सेवा समाजका अध्यक्ष मदन श्रीष, पाल्पा सेवा समाजका अध्यक्ष लिलम मगर, म्याग्दी सेवा समाजका अध्यक्ष ई.नन्द गर्बुजा, गुल्मी सेवा समाजका पुर्व अध्यक्ष द्रोणबहादुर बस्नेत, प्युठान सेवा समाजका अध्यक्ष छबि बिक र पत्रकारहरुमा होम कार्की, खगेन्द्र कार्की, कृष्ण पराजुली, नवराज बिकलगायत थिए।

तमू समाजका सल्लाहकार जगन तमूले ईदको शुभकामना र स्वागत मन्तब्य राखेका थिए भने समाजका द्वित्तीय उपाध्यक्ष रस तमूले अतिथिहरुलाई खाताले स्वागत गरेका थिए । कतारमा स्थापित नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्कीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालक खुशीमान तमूले प्रतियोगितामा लागु हुने नियम लगायत खेलाडी र टिमको लागि आकर्षक पुरस्कारहरुका वारेमा प्रष्ट्याएका थिए । प्रमुख अतिथि श्रम सहचारी ईन्द्रदेव पाण्डेले उदघाटन मन्तब्यका साथमा ईदको शुभकामना राखेका थिए भने ईदको छुट्टीलाई रचनात्मक कार्य गरेर सदुपयोग गरेकोमा आयोजकलाई धन्यवाद दिदै खेलाडीहरुलाई भलिबल प्रदान गरेर विधिवत रुपमा प्रतियोगिताको उदघाटन गरेका थिए।

रातै भरि भलिबल खेलः
उद्घाटनपछि लगातार ४ दिन विभिन्न चरणका खेलहरु भएका थिए । दिनका्े प्रचण्ड गर्मिका कारण रातको समयमा सा“झ ६ बजेदेखि बिहान ६ बजेसम्म खेल खेलाईएको थियो । ३२ टिमलाई दुई समुहमा विभाजन गरि सम्पुर्ण खेलहरु नकआउट सिस्टममा खेलाईएको थियो । सेमिफाईनलदेखिका खेलहरु बेस्टअफ फाईब र अन्य सबै खेल बेसटअफ थ्रिका आधारमा खेलाईएको थियो । समुह एमा परेका टिमहरु क्रमशः ज्याग्दी खेला ए, कास्की आदर्श सेवा समाज, तनहु ग्रुप, गोर्खा यूवा समाज, सिईडि कम्पनी, तमू समाज – कालो, जुवलिन समुह, अनाबिव सर्भिसेस कम्पनी ए, ग्रुप फोर एघार, ढोरपाटन बुर्तिबाङ, म्याग्दी सेवा समाज बि, खालिद सिमेन्ट, बाग्लुङ सेवा समाज बि, गुल्मि सेवा समाज, ल्याण्डमार्क ग्रुप र पाल्पा सेवा समाज ए थिए भने समुह बिमा दुखान समुह, भोजपुर सेवा समाज, दोहा कतार समुह, तमू समाज – रातो, उमसलाल समुह, वाङदी खोला समाज, न्यूटन समुह, तनहु भानुमती, ज्याग्दी खोला बि, तनहु राम्जाकोट, एफबिए कम्पनी, सिर्सेकोट बि, बाग्लुङ सेवा समाज ए, आ“धिखोला स्याङजा, पाल्पा सेवा समाज बि र म्याग्दी सेवा समाज ए थिए।

लगातार ४ दिनसम्म चलेको प्रतियोगिताको फाईनलमा समुह एबाट पाल्पा सेवा समाज ए र समुह बिबाट बाग्लुङ सेवा समाज ए पुगेका थिए । यिनै दुई टिम बिच भएको फाईनल खेल गत विहिवार जुलाई ३१ तारिख सा“झ अबेला सम्पन्न भएको थियो । अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बाग्लुङ सेवा समाज ए टिमले पाल्पा सेवा समाज ए टिमलाई हराउदै यस वर्षको उपाधि जित्न सफल भएको थियो । यसरी पाल्पा सेवा समाजका खेलाडी टिमले दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो भने अनाबिव सर्भिसेस कम्पनीका खेलाडी टिमले तेश्रो स्थान सुरक्षित गरेको थियो।

पुरस्कार वितरण कार्यक्रमः
फाईनल खेल समापन लगत्तै बिजेता खेलाडी टिम र विभिन्न विधाका बिजेता खेलाडीहरुलाई आकर्षक पुरस्कार बितरण गरिएको थियो । प्रमुख अतिथि ईन्द्रदेव पाण्डे, अतिथिहरुमा क्रमशः मक्सुद आलम, उमेश अधिकारी, कमलमणी गुरागाई, राजेशदर्शन अर्याल, बिमल सुबेदी, चाणक पोखरेल, सूर्य तमू लगायतले बिजेता टिमका खेलाडीहरु, बिभिन्न विधाका उत्कृष्ट घोषीत खेलाडीहरु र रेफ्रिहरुलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए । पुरस्कार बितरण कार्यक्रमका अन्य अतिथिहरुमा मदन श्रीष, लिलम मगर, महेन्द्र थापा मगर, शरण थापा मगर लगायत तमू समाजका पदाधिकारी तथा सदस्यहरु र शाखा समितिका प्रमुख तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो।

प्रथम स्थान ओगटन सफल टिमलाई ट्रफि, मेडल, प्रमाणपत्र र कतारी रियल ३ हजार नगद पुरस्कार प्रदानः
प्रथम हुन सफल बाग्लुङ सेवा समाज ए टिमका खेलाडीहरु क्रमशः बेलु गौचन, ललित पुन, दिपक थापा, गोबिन्द बिक, दुर्गा भुजेल, पुरन बिक, ईशु थापा, हिम्मत गुरुङ, मानसिंह परियार, कोच द्वय कृष्ण बराल र नगेन्द्र पौडेल तथा टिम म्यानेजर प्रेम गुरुङ थिए।

दोश्रो स्थान ओगटन सफल टिमलाई ट्रफि, मेडल, प्रमाणपत्र र कतारी रियल २ हजार नगद पुरस्कार प्रदानः
दोश्रो स्थान ओगट्न सफल पाल्पा सेवा समाज ए टिमका खेलाडीहरु क्रमशः पशुपति राना, पहल घर्ती, शंकर मल्ल, तोयाराम श्रेष्ठ, गोबिन्द ओली, टेकबहादुर थापा, बोमबहादुर थापा, मेखराज गुरुङ, तारा लामा, कोचमा याम बगाले, टिम म्यानेजरमा कृष्ण राना र सहयाक म्यानेजरमा गंगा थापा थिए।

तेश्रो स्थान ओगटन सफल टिमलाई ट्रफि, मेडल, प्रमाणपत्र र कतारी रियल १ हजार नगद पुरस्कार प्रदानः
तेश्रो स्थान प्राप्त गर्न सफल अनाबिव सर्भिसेस कम्पनीका खेलाडीहरु क्रमशः बिक्रम थापा, खिम गुरुङ, जल पुन, मिलन गुरुङ, काजी निश्चल, संगम देवाली, राम क्षेत्री, सबि मगर, बिजय मगर, कोचमा नरेश मगर, म्यानेजरमा श्रीप्रसाद मगर र सहयाक म्यानेजरमा मोहन थापा थिए।

त्यसै गरि खेल अवधिमा उत्कृष्ठ खेल कौशल प्रदर्शन गर्ने खेलाडीहरुलाई बिभिन्न विधामा पुरस्कृत गरिएको थियो । अनाबिव सर्भिसेस कम्पनीका खेलाडी बिक्रम थापा बेस्ट प्लेयर घोषीत भए भने अनाबिव कै जल पुन बेस्ट लिफटर घोषीत भए । पाल्पा सेवा समाज ए टिमका खेलाडीहरु क्रमशः पहल घर्ती बेस्ट स्पाईक, मेखराज गुरुङ बेस्ट लिब्रो, गोबन्द ओली बेस्ट ब्लकर र टेक थापा बेस्ट डिफेन्स घोषीत भए । त्यसै गरि बाग्लुङ सेवा समाज ए टिमका खेलाडीहरु क्रमशः बेल गौचन बेस्ट रिसिभर र पुरन बि.क. बेस्ट सर्भर घोषीत भए । यसरी बिभिन्न बिधामा पुरस्कृत गर्नको लागि कमलमणी गुरागाई, कृष्ण तमू र रामबहादु तमूको तीन सदस्यीय मुल्यांकन समिति बनाईएको थियो । बिभिन्न विधामा उत्कृष्ट घोषीत खेलाडीहरुलाई ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो।

भलिबल प्रतियोगितालाई ब्यवस्थित ढंगले सञ्चालन गर्न एउटा रेफ्रिको टिम बनाईएको थियो । उक्त रेफ्रिको टिममा क्रमशः पुर्ण तमू, लालकाजी तमू, निल तमू, गौरव तमू, मदन तमू, अर्जुन जिटी, सूर्य राना, भक्तराज तमू, टमराज तमू र बिक्रम तमू थिए। रेफ्रिहरुलाई प्रशंसापत्रद्वारा पुरस्कृत गरिएको थियो।

ईदको छुटटीलाई मनोरञ्जनात्मक बनाउनुका साथै नेपालीहरुको बिचमा भाईचाराको सन्देश दिन सफल भलिबल प्रतियोगिता आयोजना गरेर तमू खेलकुद समिति र सिंगो तमू समाज कतार धन्यवादको पात्र बनेको विचार ब्यक्त गरिएको थियो । प्रतियोगिता भएकोले एउटाले हार्ने र अर्कोले जित्नुलाई स्वभाविक रुपमा लिनु पर्ने र जित्नेले आफनो स्तर कायम राख्न र हार्नेले आगामी दिनमा जित्नको लागि आवश्यक तयारी गर्नु पर्ने भएकोले आगमी दिनको सफलताको शुभकामना समेत ब्यक्त गरिएको थियो। यसरी शुभकामना ब्यक्त गर्नेहरुमा क्रमशः मक्सुद आलम र कमलमणी गुरागाई थिए।

कार्यक्रमको अन्तमा कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने प्रमुख अतिथि, अतिथिहरु, रात दिन नभनि कार्यक्रमको लागि खटिनु भएका समाजका अध्यक्ष कृष्ण तमू लगायत सिंगो तमू समाज कतार परिवार, अनाबिव सर्भिसेस कम्पनीका ब्यवस्थापक र कम्पनी परिवार लगायत विभिन्न संघसंस्था र पत्रकार मित्रहरुलाई धन्यवाद र आभार ब्यक्त गर्दै तमू खेलकुद समितिका अध्यक्ष तथा सभापति सूर्य तमूले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।





Comments

comments

825