Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायलको फेसबुक पेज भेरिफाइड

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं । सक्कली र नक्कली फेसबुक आइडी छुट्याउन फेसबुकले सरल बनाइरहेको छ।

विशेष गरी सेलिब्रिटीहरुका फेक अकाउन्ट खोलेर दुरुपयोग भइरहेको गुनासोपछि फेसबुकले सक्कली आइडीलाई भेरिफाइड गरिरहेको छ।

नेपालमा नेपाली गायिका, नायिकाको फेसबुक पेज भेरिफाइड भइरहेको थियो। गायक राजेशपायल राईको फेसबुक पेज पनि भेरिफाइड भएको छ। उनको पेज बुधवार बिहान भेरिफाइड भएको हो।

भेरिफाइड पेज पाएपछि गायक राईले आफ्ना महत्वपूर्ण गतिविधि यही पेज https://www.facebook.com/rajeshpayalr मार्फत सार्वजनिक गर्ने जनाएका छन्।

नयाँ प्रविधिलाई आत्मसात गरेर त्यसै अनुसार आफूलाई प्रबर्द्धन गर्न राजेशपायल खप्पिस छन्। पछिल्लो समय उनले फेसबुकलाई आफ्ना स्रोतासँग नियमित जोड्ने सेतु बनाइरहेका छन्। उनी भन्छन्, ‘नयाँ पुस्ताका स्रोतासँग फेसबुक र ट्वीटरको माध्यामबाट कुराकानी गर्छु। उनीहरुको रुची अनुसारकै लवजमा गीत गाउने कोशिस गरिरहेको हुन्छु।’ उनको पेज १ लाख ९ ६ सय ३७ जनाले लाइक गरेका छन्।





Comments

comments

830