सुनकोशीमा पहिरोः मृतकको संख्या १५६

सिन्धुपाल्चोक पहिरोमा मर्नेको संख्या-१५६
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुपाल्चोक, २१ साउन। सिन्धुपाल्चोक पहिरोमा मर्नेको संख्या १ सय ५६ पुगेको छ। सरकारले पहरोमा हराईमा रहेका १ सय २३ जनालाई मृत घोषित गरेको हो। घटनास्थलको प्रकृति र खोजतलासको सम्भावना नरहेपछि परिवारजनकै मागमा हराइरहेका सबैलाई मृत घोषित गरिएको प्रमुख जिल्ला अधिकारी गोपलप्रसाद पराजुलीले बताएका छन्। दुर्घटनापछि खोजतलास गर्दा पहिरोमा परेर मृत्यु भएकामध्ये ३३ जनाको मात्र शव फेला परेको छ। सरकारले प्रति मृतकको काज क्रियाको लागि ४० हजार र घर क्षति भएकालाई तत्काल आश्रयस्थल बनाउनको लागि ५ हजारका दरले राहत दिएको छ।

पुरिएका १ सय ५५ जना अझै भेटिएन
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुपाल्चोक, १९ साउन। राम्चे र मांखाको सीमामा पर्ने बस्तीसहितको पहाड सुनकोशीमा खस्दा पुरिएका १ सय २० जना अझै भेट्न सकिएको छैन। शुक्रवार राति सुनकोशी नदी थुनिने गरी खसेको पहिरोमा १ सय २० भन्दा बढी बेपत्ता छन्। पहिरोमा पुरिएर मृत्यु हुनको संख्या अहिलेसम्म ३० पुगेको छ। बेपत्ता हुनेमा मांखा, टेकानपुर र राम्चेबासी छन्। पहिरोले पुरिएको स्थानमा खोजी गर्दा सोमवारमात्र २० जनाको शव भेटिएको हो। पहिरोबाट ४ सय ३६ जना विस्थापित भएका छन्।

मृत्यु हुनेको संख्या १० पुग्यो
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुपाल्चोक, १८ साउन। सुनकोशीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ। धेरै जनाको मृत्यु भएको आशंका गरिएपनि शव फेला परेको धारमा सो संख्याको पुष्टि भएको हो। करिव १ सय ८० घर पुरिएको आशंका गरिएको त्यस ठाउंमा उद्धार टोलीले पानीको निकास खोल्ने तथा बेपत्ताहरुको खोजी कार्यलाई जारी राखेको छ।

सुनकोसी नदी थुनिदा ८ को मृत्यु, दुई दर्जनभन्दा बढी वेपत्ता…
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुपाल्चोक, १७ साउन। सिन्धुपाल्चोकको माङ्खा गाउँबाट खसेको पहिरोले सुनकोशी नदी थुनिदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। दुई दर्जनभन्दा बढी वेपत्ता भएका छन् भने तीन दर्जनभन्दा बढी घाइते भएका छन्।


घटनामा मृत्यु हुनेहरूमा मांखाका श्याम श्रेष्ठ, गणेशमाया श्रेष्ठ, आश्मा श्रेष्ठ र रामदेवी श्रेष्ठ तथा बतासेकी बिमला श्रेष्ठ र अभिशेक श्रेष्ठ रहेका छन्। मृतकमध्ये दुईको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

शुक्रबार रातिदेखि पहिरोले नदी थुनिदा आसपासको बस्ती, सडक तथा अन्य संरचना डुबानमा परेका छन्। नदी थुनिदा सयौं घरपरिवार जोखिममा परेका छन्। नदीको बाँध फुटेमा त्यसको क्षतिबाट बच्न सिन्धुलीका सुनकोसी आसपासका बस्ती खाली गरिएको छ। सुनकोशीमा थुनिएको पानीले सप्तकोशीमा खतरा बढ्न सक्ने भन्दै कोशी ब्यारेजको ५६ वटा ढोका खुल्ला गरिएको छ। यसको लागि सरकारले भारतसंग आग्रह गरेको थियो। सुनकोशी संकट गम्भीर हुँदै गएपछि मन्त्रिपरिषद्को बैठकले सुनकोशी क्षेत्रमा संकटकाल घोषणा गर्दै भारत र चीनसंग सहयोगको अपिल गरेको छ।

यसैबीच, पहिरो खोल्न जमिनको सतहबाट सम्भव नभएपछि सेनाको कालिप्रसाद गणले हेलिकप्टरबाट दुई पटक बम बिष्फोट गरेको छ। बाँधको उत्तरपट्टीबाट नदीले आफै खोतलेको ठाउँनेरै विष्फोट गराइएको सेनाले जनाएको छ। विष्फोटले नदी बहन सुरू गरेपछि खतरा न्यून भएको अनुमान गरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

764