Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा नेपालीहरू सुनकोशी पहिरो पीडितका लागि राहत संकलनमा जुटे

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम –
सउल। दक्षिण कोरियामा रहेका नेपालीहरू सिन्धुपाल्चोकमा सुनकोशी पहिरो पीडितहरुका लागि राहत संकलनमा जुटेका छन्। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आव्हानमा कोरियाका नेपालीहरू पीडितका लागि राहत सङ्कलनमा जुटेका हुन्।

पुरिएको शव निकालिदै उद्धारकर्मीहरू

कोरियामा रहेका नेपालीहरूले उक्त कार्यलाई सफल बनाउन एक दैबी प्रकोप पीडित आर्थिक राहत तथा सहयोग सङ्कलन समिति कोरिया गठन गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवरको संयोजकत्वमा गठित समितिमा आइसीसी प्रतिनिधि केपी सिटैाला, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, किमे माईग्रन्ट सेन्टरका अध्यक्ष यज्ञराज सुबेदी, कोरिया सन्देश क्लबका अध्यक्ष मीनप्रकाश उप्रेती, प्रवासी नेपाली मन्चका अध्यक्ष गोविन्द गाउँले, फेन्तेक माईग्रेन्टस सन्टरका अध्यक्ष सुर्वण चैालागाई,जनसम्पर्क समितिका अध्यक्ष नवराज शिवाकोटी, समाजसेवी अरुण श्रेष्ठ लगायत एक सय एक जना सदस्य रहेका छन्।

पहिरो पीडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग सङ्कलनअभियानमा सक्रिय सहयोग र सहभागिताको लागि कोरियामा रहेका नेपालीहरूलाई सो समितिले हार्दिक अनुरोध गरेको छ। उठेको रमकबारे मिडियामार्फत जानकारी गराउँदै जाने संयोजक विनोद कुँवरले जनाएका छन्। सहयोग रकम खाता नम्बर: 408802-01-298204 नामः Kookmin Bank (국민은행)को SUNKOSHI HELP नामको खातामा पठाउन सकिने जनाईएको छ।





Comments

comments

837