बेसहारा बालबालिकाहरुकी भुवानी आमा जर्मनीमा

शंकर डाँगी / एचकेनेपाल डट कम-
जर्मनीको बोखुम शहरमा रहेको बान्दो शुसी रेस्टुरेण्टमा “मुस्कान सेवा नेपाल” संचालन गरी असहाय बालबालिकाको आमाको रुपमा सहारा दिदै आएकी समाजसेवी भुवानी राई गुरुङलाई भव्य स्वागत गरिएको छ।

बेसहारा बालबालिकाहरुको उज्जल भविष्यको लागि दिन रात काम गर्ने समाजसेविका गुरुङलाई २७ अगष्ट २०१५ का दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भब्य स्वागत गरिएको हो। गुरुङको स्वागतको लागि जर्मनीको विभिन्न ठाउंहरुबाट नेपाली दाजुभाई दिदीबहिनीहरुको उपस्थित रहेको थियो।

स्वागत कार्यक्रममा गणेशमान सिंह केन्द्र तथा नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति विजय मोक्तानले खाता लगाएर स्वागत गरेका थिए। स्वगात तथा शुभकामना कार्यक्रममा भवानी राई गुरुङले आफ्नो जीवनमा भोग चलन गरेका दुख सुख र आफू लन्डनमा बस्दा आर्जेको सिप जागरले प्राप्त अनुभवलाई समेटेर बनाएको २० मिनेट लामो डकुमेन्ट्री हेरिसकेपछि उपस्थित नेपाली समुदायहरुले गुरुङलाई हृदयदेखि प्रशंसाका साथ स्यावासी दिदै मनोबल बढाई सहयोगका हातहरु अगाडि बढाएका थिए।

शुभकामना तथा स्वागत गर्दै नेपाली सम्पर्क समित जर्मनीका निवर्तमान महामन्त्री टंक लम्साल १०० युरो , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजकी बरिष्ठ उपाध्यक्ष अमला दाहाल १०१ युरो ,नेपाली समुदाय लाली गुरास परिवारकी अध्यक्ष श्रीमती निलम सिंजाली मगर १४१ युरो, एन आर एन ए जर्मनी एल सिसी एन आर डब्लुका सदस्य राजेश कुँवरले २३२ युरो, समाजसेविका अन्जु घिमिरे ५० युरो र डोल्मा लामाले ५५ युरो सहयोग गरेका थिए।

नेपाली जन समपर्क समितिका जर्मनीले ५० हजार नेपाली रुपैया सहयोग गर्ने सभापति विजय मोक्तानले घोषणा गरेका छन्। त्यस्तै एन आर एन ए जर्मनी, एल सिसी एन आर डब्लुले पनि ५० हजाार नेपाली रुपैया सहयोग गर्ने संयोजक दीपक लामाले घोषणा गरेका छन्।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जर्मनीको उपसभापति एबम एन आर एन ए ,जर्मनी एलसिसी एन आर डब्लुका सचिब शंकर डाँगी,महिला संयोजक सरिता आचार्य र कोषाध्यक्ष निन्नामा राईले स्वागत तथा शुभकामना दिएका थिए।

मुस्कान सेवा नेपाल संचालिका गुरुङ भोजपुरमा चिर परिचित डाक्टर श्री बुदेब राईकी सुपुत्री हुन्। आफ्नो सानै उमेरमा चितवनमा बिबाह भएकोले आफू ३ सन्तानकी आमा भएको बताइन। गुरुङले आफ्नो शिक्षा दिक्षा काठमाणडौमा भएको र लामो समय लण्डनमा बसेर २००८ मा नेपाल फर्किएपछि परिवार र साथीभाईहरुको सहयोगले २०१० देखि मुस्कान सेवा नेपाल संचालन गरेको बताईन।

मुस्कान सेवामा अहिले जम्मा १४ जना बालबालिकाहरुलाई सेवा दिई रहेको र भविष्यमा अरु धेरै बेसहारा बालबालिकाहरुलाई सहारा दिने बताइन्। अब छिट्टै यो संस्थाको आफ्नो भवन हुनेछ। जग्गा खरिदको लागि सबै प्रक्रिया अगाडि बढेको बताईन।

आगामी दिन हरुमा युरोपमा रहेको नेपाली समाज बेलायत र बेल्जियमबाट पनि मुस्कान सेवा नेपाललाई सहयोग गर्ने आश्वसन पाई रहेको गुरुङले बताईन्।





Comments

comments

Leave a Reply

8270