Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मालती शाहको चलचित्र ‘धुन’ भाद्र २५ बाट देशभर प्रदर्शन हुने

सुर्य चन्द / एचकेनेपाल डट कम-
काठमाडौं, नेपाली कथानक चलचित्र धुन यहि आउदो भाद्र २५ बाट एकै साथ देशभर प्रदर्शन हुने भएको छ।

सांगीतिक, माया प्रेम आधारित नेपाली कथानक चलचित्र धुन अहिलेको समय सापेक्ष नेपाली परिवेशमा तयार पारिएको छ। चलचित्र म्युजिकल लब स्टोरी तथा सामाजिक परिवेशमा तयार पारिएको हुंदा सम्पूर्ण दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास निर्माण पक्षले लिएको छ।

महिला निर्मात्री मालती शाह निर्माता रहेको यस चलचित्र मा कथा/निर्देशन भने कृष्ण पौडेलको रहेको छ। जीबन लुइँटेल र निता ढुंगानाको अभिनय रहेको यस चलचित्रमा दर्शकहरुले चलचित्र अबधिभर भरपूर मनोरंजन लिने कुरा निर्मात्री मालती शाह बताउछिन् साथै सम्पूर्ण नेपाली चलचित्र प्रेमीहरुलाई माया गरि चलचित्र हेरी सल्लाह सुझाब दिनु पनि आग्रह गरेकी छन्।





Comments

comments

Leave a Reply

8272