डेङ्गु उपचारको लागि काठमाडौँका धरानेबाट १ लाख ५३ हजार सहयोग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-

धरान । सुनसरी उद्योग वाणिज्य संघले सुरु गरेको निशूल्क डेङ्गु शिविरमा सहयोग जुट्न थालेको छ। विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले शिविरमा आवश्यक औषधी तथा किटहरु सहयोग गर्दै आएका छन्।

संघ सञ्चालन गरेको शिविरमा काठमाडौँमा रहेका धरानेहरुले डेङ्गु परिक्षण किटसहित विभिन्न औषधी सहयोग गरेका छन्।

भर्खरै स्थापित काठमाडौमा रहेका धरानेहरुको संस्था “हामी धराने काठमाडौँ ” संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको हो। संस्थाले ६ सय ५० डेंगी परिक्षण किटसहित सिटामोटल, स्लाइन लगाएत डेङ्गु सक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको हो।

संस्थाका सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य, पुजन न्यौपाने , पुनम प्रधान लगायतको ४ सदस्यीय टोलीले सुनसरी उद्योग वाणिज्य संघमा संचालित शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो।

हामी धराने काठमाडौँको नेतृत्वको टोलीले संघका अध्यक्ष विजय श्रेष्ठ, पूर्व अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो।

हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारीसंगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

धरानमा डेङ्गुको महामारी फैलिएको र उपचारमा समस्यमा भएको विभिन्न सञ्चार माध्यमवाट आफूहरुले थाहा पाएपछि संस्थाका संयोजक राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि) र सदस्य संगम श्रेष्ठको नेतृत्वमा काठमाडौमा रहेका धरानेहरुसँग सहयोग संकलन अभियान सुरु गरेको संस्थाका सचिव विनोद श्रेष्ठले वताए।

उनले उहाँहरुको नेतृत्वमा रकम संकलन गरी किट तथा औषधी खरिद गरी धरान लिएर आएको जानकारी दिए। उनले बसोबासको हिसावले मात्र अहिले काठमाडौमा रहेका वताउदै उनले आफूहरु धरान वाहिर नरहेको वताए। आपतविपतको समयमा मात्र नभई धरानको विकास निमार्णसमेत आफूहरु सधैव धरानको साथमा रहेका उनको भनाई थियो। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्थासगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिंदै भबिष्यमा पनि यसरी नै साथ सहयोगको अपेक्षा रहेको बताए।





Comments

comments

82997