काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी -२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उद्दार कार्य जारी छ। १६ जनाको उद्धार गरिएको छ। ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

अपडेटः
मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीया राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।





Comments

comments

82972