Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सर्कस खेल्न अमेरिका गएका विश्वकै होचा डाँगी बाकसमा फर्किए (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं। अमेरिकामा निधन भएका विश्वकै होचा चन्द्रबहादुर डाँगीको पार्थिव शरीर नेपाल ल्याइएको छ। विश्वमा नेपालको नाम राख्न सफल डाँगीको शव ल्याउन न सरकारले कुनै पहल गर्यो न सहयोग नै। हेर्नुहोस् भिडियो…

७६ वर्षको उमेरमा अमेरिकाको सामुआस्थित एक अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो। उनको निमोनियाका कारण निधन भएको जनाइएको छ।

नेपाल ल्याउने खर्च नहुंदा झण्डै एक महिनासम्म उनको शव अस्पतालमा अलपत्र परेको थियो। विश्वमा नेपालको नाम राख्न सफल डाँगीको शव ल्याउन सरकारले कुनै पहल र सहयोग नगरेको भतिजा दोलखले गुनासो गरे। अन्तमा उनकै सर्कस कम्पनीले सहयोग गरेको थियो। शव नेपाल ल्याउनमात्र झण्डै १८ लाख खर्च भएको जनाइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…





Comments

comments

Leave a Reply

8391