Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतको लिम्बू गाउंमा नेपाली साहित्यिक कार्यक्रम

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लन्डन सोमबार, असोज १८ । लण्डन नजिकै एक शहर तथा लिम्बु समाजको गाउं मानिने फेलताम परिशरको सभाहलमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले साहित्यकार बैरागी काईला, मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ्ग र बरिष्ठ पत्रकार राजकुमार दिक्पाललाई सम्मान्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले नेपाली ढाकाटोपी दोसल्ला र ताम्रपत्रसहित सम्मान्न गरेका छन्। प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति बैरागि काईला, विशेष अतिथि साहित्यकार राजन मुकारुङ्ग र बरिष्ठ पत्रकार राजकुमार दिक्पाल, अतिथिहरुमा किराँत याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष काजिमान याक्सो, गोर्खा पत्र दैनिका सम्पादक नरेश कपाङ्गी, नेपाली समाचारका प्रधानसंपादक विश्वासदिप तिगेला, जनताको आवाजबाट रोशन राई, विश्व नेपाली साहित्यका अध्यक्ष समिप हाङ्गबाङ्ग जरजर र युवा पत्रकार नामओती नेम्बाङ्गको उपस्थित रहेको थियो।

प्रमुख अतिथिलगायत अतिथिहरू र प्रतिष्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राईद्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको कार्यक्रमलाई औपचारिक रुपमा प्रतिष्ठान बेलायतका सचिब नरेश नातिले कार्यक्रम सन्चालन गरेका थिए। कार्यक्रमको पहिलो भागमा गीतकार मुकेश राईको रङ्ग जीन्दगीको गीत संग्रह प्रमुख अतिथि बैरागी काइँलाले सार्वजनिक गरेका थिए। विमोचित कृतिका बारेमा नरेश काङमाङ राईले मिठो परिभाषामा समिक्षात्मक टिप्पणी गरेका थिए। गीतकार मुकेशले आफ्नो कृतिको बारेमा प्रकाश पार्दै भनेका थिए हरेक नेपाली मनहरुमा गीत संगीतले जहिले पनि साथ दिने रहेछ।

कार्यक्रमका सञ्चालक नातिले सभाहलमा उपस्थितहरुलाई बेलाबेलामा छोटोमिठो मुक्तक प्रस्तुत गरिदिदा माहोलले मिठास पाएको देखिएको थियो।
बैंस आएको ठिटीहरुको रौनक झल्याक झुलुक,
त्यस्तो देख्दा पापी मनको विचार सल्याक सुलुक,
साथमा स्वास्नी नहुदा त अ हौ,
दाँया बाँया आँखाहरु गर्छन् पल्याक पुलुक ।।।

मुक्तककार नातिले जीवन तरङ्गबाट बेलाबेलामा छोटोमिठो मुक्तक बाचन गर्दा उपस्थित माहोललाई रसिक बनाएको थियो। कार्यक्रमको अन्त्यतिर
कवि रक्ष राईलाई प्रतिष्ठानले यसपटकको अभिव्यक्ति श्रृंखलामा मन्च प्रदान गरेको थियो। उनले मञ्च ग्रहण गर्दै आधादर्जन कविता सभाहलमा बाचन गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बैरागी काइँलाको जीवनी सुनाएका थिए भने कोषाध्यक्ष देवेन्द्र खेरेसले काइँलाको मातेको मान्छे र सडक शीर्षकको कविता वाचन गरेका थिए।

कवि रक्ष राईको अभिव्यक्ति नामक श्रृङ्गखला ८ पल्टने परिभाषामा बाचन गरिएको शीर्षक (हरियो पर्खाल) लाई उपस्थितहरुले ज्यादै मन पराएका थिए। लालमणि राईले पनि केहि कविता बाचन गरेको कार्यक्रमलाई क्षेत्रकला राई र संघीय समाजबादका सचिब मिलन राईले खानपिनको व्यवस्थापन गरिदिएकोमा प्रतिष्ठान बेलायतका अध्यक्ष राईले धन्यवाद दिदै कार्यक्रम औपचारीकरुपमा समापन गरेका थिए।





Comments

comments

Leave a Reply

8952