रंगिन संसारमा ब्यस्त अनि मस्त कला सुब्बा

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं, सिनियर आर्जे/भिजे कला सुब्बा रंगिन संसारको दुनियामा एक चर्चित नाम हो। नेपाली मोडलिङको क्षेत्रमा छुट्टै पहिचानसमेत बनाएकी रोल मोडेल कला आजकल विभिन्न सुन्दरी प्रतियोगिता फेसन सोहरुको कोरियोग्राफीमा ब्यस्त हुदै आएकी छन्।

सन् १९९६ बाट मोडलिङ सुरु गरेकी कला सुब्बाले त्यहि बर्ष मिस नेपाल प्रतियोगितामा मिस ट्यालेन्ट टाइटल जित्न सफल भएकी थिइन् भने सन् २००० मा बेस्ट मोडल अफ द इयर बन्न पनि सफल भएकी थिइन्। बहु प्रतिभाशाली तथा प्रतिभाकी धनि कला सुब्बा हिट्स एफएममा आर्जे पनि गर्छिन् भने चार बर्ष च्यानल नेपालमा भिजेको काम पनि गरि सकेकी छिन्।

मिस युथ नेपाल र टिन स्टार नेपाल बिउटी प्याजेन्टको कोरियोग्राफीमा ब्यस्त कला अहिले विभिन्न तीज स्पेसल कार्यक्रम तथा विभिन्न फेसन सोहरुमा पनि त्यतिकै ब्यस्त छिन्। आर्जे, भिजे, पर्सनालिटी डेभलपमेन्ट ट्रेनीङ क्लासहरुमा समेत आफूलाई अब्बल दर्जामा राख्न सफल कला जति हेर्दा घमण्डी देखिन्छन् भित्रि रुपमा त्यति नै मिलनसार पनि छिन्।

पुर्ख्यौली घर ताप्लेजुंग तथा अहिले धरानको स्थायी बासिन्दा कला सुब्बाको जन्म भने हङकङमा भएको थियो। सानै उमेरदेखि फेसन तथा मोडलिङ गर्न रुचाउने मोडल कला सुब्बा आफ्नो फुर्सदको समयमा साथीभाइहरुसंग समय बिताउन मन लाग्ने तथा नयाँ नयाँ क्रियसन गर्नमा ब्यस्त रहने जानकारी गराउछिन्। दर्शक श्रोताहरुलाई भगवान मान्ने कला सुब्बा सबैको माया साथ पाएर नै यहाँसम्म पुग्न सफल भएको बताउछिन् र भबिष्यमा पनि यसरी नै सबैको साथ माया र सदभाबको अपेक्षा गर्छिन्।





Comments

comments

Leave a Reply

8406