हङकङमा चलचित्र ‘नाङ्गो गाउँ’ प्रर्दशन हुने… (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ सेप्टेम्बर। नेपालमा १५ सेप्टेम्बरबाट प्रर्दशनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’को हङकङ प्रिमियर यहि २४ सेप्टेम्बर आईतबार हुने भएको छ।

थप जानकारी भिडियोमा हेर्नुहोस्…

एस अफ स्पाडेस इण्टरटेण्टमेण्ट कम्पनीले हुङहामस्थित वाम्पो गार्डेनमा आयोजना गर्ने प्रिमियरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित हुने आयोजकले बताएका छन्।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। नेपालमा देशभरबाट फिल्मले सकरात्मक प्रतिक्रिया पाएको छ। कबड्डी ४ र जारी फिल्ममा सफल जोडी बनेका अभिनेता दयाहाङ राई र मिरूना मगर फिल्म ‘नांगो गाउँ’मा एकसाथ देखिएका छन्।

निर्देशक दिपेन्द्र लामाको निर्देशनको ‘दुई नम्बरी’को सफलतापछि पाँचौं चलचित्रका हो ‘नांगो गाउँ’। लामाको लेखन तथा निर्देशनमा यस अघि घामपानी, गोपी र छ माया छपक्कै जस्ता सफल बनेको थियो।

निर्देशक लामाका अनुसार ‘नांगो गाउँ’मा दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउनेछन्। मनिष्मा फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको यस पोलिटिकल चलचित्रमा मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिएको छ।

फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा, निर्माता जय श्रेष्ठ र वितरक आरआर फिल्म्स् रहेका छन्।





Comments

comments

84781