Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम आयोजना हुदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम आयोजना हुदै

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतिक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहांस्थित सबै संघ संस्थाको सहभागीतामा आगामी नोभेम्बर ४ तारिख शनिबार लिगेसी हाई स्कूल (2701 W 136th. Ave. Broomfield Co.)मा सांझ ५ बजेदेखि राति १० बजेसम्म शुभकामना सांस्कृतिक सांझ कार्यक्रम आयोजना हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष टिका पौडेलले बताएका छन्।

लोकप्रिय गायक राजेशपायल राईलगायतका स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहाँ सक्रिय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरीकी, नेपाली तथा नेपालीभाषी बा आमा, दाजुभाई दिदीबहिनीहरु सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको भाषा, संस्कृति संरक्षण र पहिचानमा सहयोग पु¥याई दिनुहुन रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले अनुरोध गरेका छन्।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपूर्ण अवसर भएकोले आफ्ना साथीभाइ, ईष्ट मित्र , छर छिमेक, सबैलाई खवर गरी सहयोग गरिदिन हुन समेत अध्यक्ष बगालेले सबैलाई अनुरोध गरेका छन्। संस्थाको आयोजनामा कोलोराडोमा हरेक बर्ष दशै तिहार कार्यक्रमको हुदै आएको छ।





Comments

comments

87724