सुबिधा दिंदादिंदै नेपाली भागेपछि…

सुबिधा दिदादिदै नेपाली भागे
दूतावासले किन स्वीकृति दियो ?
रवि भट्ट/ क्वाललम्पुर। नेपाली सुरक्षा गार्डहरुलाई सेवा सुबिधा दिदादिदै कम्पनी छोडेर भागेपछि यहाँका कम्पनीहरुले दूताबास र गैरआबासीय नेपाली संघ मलेसियालाई पत्रचार गर्न थालेका छन्।

आफ्नो कम्पनिले कामदारलाई सेवा सुबिधा दिएको काम गर्न नसक्नेहेरुले कम्पनी छाडेर नेपाल फर्कन दूताबासमा गएपछि स्वीकृति दिएको भन्दै ferightwatch G Patomotoch security कम्पनीले दूताबास र गैर आवासीय नेपाली संघ मलेसियालाई पत्राचार गरेको हो।

नेपालीहरुको अनुशासन र इमान्दारिताले मलेसियाका प्रतिष्ठित कम्पनी, बैंक , वित्तीय संस्थालगायत विभिन्न सुपर मार्केटमा सुरक्षा गार्ड काम गर्दै आएका छन्।

नेपाली राजदूताबास मलेसियाका द्वित्तीय सचिब उत्तम शाहीले यस बारेमा हरेक नेपालीहरु आफूहरुले दुख पाएको र कम्पनीले सेवा सुबिधा नदिए पछि भागेर काम गरेको र अहिले फर्कनु परेको बताउछन् दैनिक धेरै संख्यामा नेपालीहरु आउने गरेकोले सबैको जानाकारी लिन पनि नसकेको बताए।

गैरआवासीय नेपाली संघ मलेसियाका अधक्ष महेन्द्र जंग शाहले मलेसिया सरकारले गैरकानुनी रुपमा बसेका हरेक राष्ट्रका कामदारहरुलाई आफ्नो देश फर्कन दिएको सुविधालाई सकारात्मक सोच्नु पर्ने बताए। कम्पनीमा काम गर्दा गर्दै सुबिधा पाउदा पाउदै भागेर जानु गलत हो यसमा कतिपय कम्पनीले तलब समयमा नदिने, छुट्टी नदिने, लेवी काटिदिने जस्ता कारणले गएका होलान त्यसमा कम्पनीले पनि बिचार गर्नु पर्छ, उनले भने।

कम्पनीले गल्ति नहुदा नहुदै त्यसरी भागेर गएका छन् भने यस बिषयमा गैरआवासीय नेपाली संघ मलेसियाले बैठक बसी दूतावाससंग कुरा गर्न सकिने बताए।

५० प्रतिशत भन्दा बढी नेपाली कामदारहरु सुरक्षा गार्डबाट सन्तुष्टि छन् – लामो समयदेखि मलेसियामा सुरक्षा गार्डमा नै काम गर्दै आएका तथा हालका गैरआवसीय नेपाली संघ मलेसियाका कार्य समिति सदस्यसमेत रहेका राजेन्द्र साउद बताउछन् सुरक्षा गार्डको नाममा तलब भने बमोजिम भन्दा पनि नेपालमा केही रकम बढाएर , समय र लेबीका कुरामा झुटो बोलिदिनाले त्यस्ता कम्पनीहरुका कामदारहरु कम्पनी छाडेर नेपाल फर्कने गरेको बताए।

कम्पनीका जनरल म्यानेजर कोबिवात पोंनुसमीले कम्पनीले सम्पूर्ण सुबिधा दिदा दिदै युबराज क्षेत्री, लब कुमार लगायत ८ जना कम्पनी छाडेर गएको र ३ सय ५० जना आफ्नो कम्पनीमा राम्रोसंग काम गरिरहेको जानाकारी दिए।

(हेड ह्वुम्यान रिसोर्सेजका एस एस पिल्लारीद्वारा हस्ताक्षरित दुतावास र गैरआवासीय नेपाली संघ मलेसियालाई शुक्रबार प्रेषित पत्रको आधारमा)





Comments

comments

Leave a Reply

8810