Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाबुराम भट्टराईद्वारा पार्टी त्याग (भिडियोसहित)

काठमाडौं- एमाओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी छोडेका छन्। शनिवार दिउँसो राजधानीमा पत्रकार सम्मेल गरेर उनले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको घोषणा गरेका हुन्।

उनले संसद सदस्य पदबाट पनि राजीनामा दिएका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका छन्।

भट्टराईको राजीनामापछि प्रचण्ड मौन

नयाँ संविधानमा मधेस र जनजातिको माग नसमेटिएपछि असन्तुष्ट बनेका उनी अब मधेस आन्दोलनको नेतृत्व लिने तयारीमा लागेको हुन सक्ने अनुमान गरिएको छ। उनले यसअघि पनि मधेस आन्दोलनको समर्थनमा पटक पटक अभिव्यक्ति दिदै आएका थिए।

उनी गोरखा -१ बाट संसदमा निर्वाचित भएका थिए।

बाबुराम भट्टराईद्वारा एमाअोवादी परित्यागको घोषणा
हेर्नुहोस् भिडियो….
किन बाबुराम भट्टराईले पार्टी परित्याग गरे?
https://hknepal.com/deshbidesh/?p=8813#sthash.sm3kmQTz.dpbs

Posted by HKNepal.com on Saturday, 26 September 2015





Comments

comments

Leave a Reply

8813