भारतले ठप्प पारेका ५ नाकाहरु

सरकारले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भारतका ५ वटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

पूर्वको मेची र पश्चिमको धनगढी नाका बाहेक अन्य नाकाबाट भारतले नेपालतर्फ आउने सामान र तेलसहित गाडीहरु पूर्ण रुपमा बन्द गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आफ्नो इच्छाअनुसार संविधान जारी नभएकोमा रुष्ट भारतले शुक्रबारदेखि औपचारिक रूपमा नेपालमाथि नाकाबन्दी लगाएको थियो। विराटनगर, वीरगंज, भैरहवा, कृष्णनगर र नेपालगंज नाका ठप्प छ।

शनिबार दिनभर नेपाल र भारतबीचका विराटनगर, वीरगन्ज, भैरहवा, कृष्णनगर र नेपालगन्ज नाकाबाट कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश गर्न नपाएको परराष्ट्रले जनाएको छ।

दलहरुले भने कुटनीतिक पहलको खाँचो रहेको बताएका छन् ।





Comments

comments

Leave a Reply

8826