Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिसेस मंगोल २०१५ को उपाधि सेम्फुङमा लिम्बूलाई (फोटोफिचर)

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं, अमेजन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा मिसेस मंगोल नेपालको दोस्रो संस्करण सम्पन्न भएको छ। राष्ट्रिय नाच घर जमलमा सम्पन्न बिबाहित मंगोलियन समुदायका महिलाहरुको कार्यक्रममा कुल पन्ध्र जनाको सहभागिता रहेको थियो।

प्रतियोगितामा सेम्फुङमा लिम्बुले मिसेस मंगोल नेपाल – २०१५ को बिजेता बनि उपाधि हात पार्न सफल भएकी छन् भने सुभेच्छा राई फस्ट रनर अप तथा रेखा लिम्बु सेकेण्ड रनर अप र नविना मगर लिम्बु थर्ड रनर अप भए।

त्यसै गरी सब टाइटलतर्फ बेस्ट ट्यालेन्ट रमा मगर, बेस्ट फोटोजेनिक मधु लिम्बु, बेस्ट पर्सनालिटी जुनु कन्दङवा, बेस्ट हेयर रेखा याङदेन लिम्बु, मोस्ट डिसिप्लिन बिमला तामाङ, बेस्ट ड्रेस सुकमाया थेबे, बेस्ट स्माइल रजनी राजभण्डारी, मोस्ट इण्टिलिजेन्ट सुभेच्छा राई मगर मोस्ट बिउटिफुल नविना मगर लिम्बु, मोस्ट ईनोसेन्ट शान्ति राना मगर, बेस्ट स्क्रिन सेम्फुङमा लिम्बु, बेस्ट क्याटवाक मधु लिम्बु, मोस्ट पपुलर रमा मगर र मोस्ट चार्मिङ नविना लिम्बुले हात परेका छन्।

बिस दिनसम्मको व्यक्तित्व बिकाश, कुशल बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, आत्माविश्वास अभिबृद्धि तथा भ्रमणलगायतका बिबिध बिषयहरुमा प्रशिक्षण रहेको कार्यक्रममा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थियो भने कला सुब्बाद्वारा बोलीचाली अभ्यास एबम क्षमता अभिबृद्धिलगायत बिषयमा तालिम दिइएको थियो।

उक्त सौन्दर्य प्रतियोगिताको निर्णायक मण्डलीमा कला सुब्बा, सुर्य चन्द, दिक्पाल कार्की, बिष्णु लिम्बु रहेका थिए भने प्रमुख अतिथिमा गायिका पवित्रा सुब्बा रहेकी थिइन्। गाियका पवित्रा सुब्बालाई सोही कार्यक्रममा सम्मानसमेत गरिएको थियो।

सौन्दर्य प्रतियोगिताले गर्दा बिशेष गरी गृहणी बिबाहित महिलाहरुबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा कार्यक्रम संयोजक कमल खतिवडा बिश्वस्त छन्।


तस्वीर सौजन्यः कला सुब्बा। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

8905