Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुनकोशी पहिरो पीडितको लागि धरानमा राहत संकलन

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, सुनकोशी बाढी पहिरो पीडितहरुको लागि राज्यले उचित क्षतिपूर्ति दिन नसकिरहेको अवस्थामा निजि क्षेत्र तथा सर्वसाधारणहरु समेत राहत संकलनमा जुटेका छन्। एक नेपालीको पीडामा सवै नेपालीको सहयोग हुन पर्छ भन्ने भावनावाट ओतप्रोत भई सुनसरीको धरानवासीले समेत राहत संकलन सुरु गरेका छन्।

धरान नगरपालिको १३ नम्बर वडावासीहरुको संस्था जानकी पथ टोल सामुदाकि टोल सुधार समितिले सुनकोशी बाढी पीडितको लागि आफ्रनै टोलवाट राहत संकलन सुरु गरेको हो। सुनकोशी पहिरो पीडितको लागि सानै भए पनि सहयोग गर्ने उद्देश्यले राहत संकलन सुरु गरेको समितिका अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिए।

उनले आफ्नै टोलसगै धरानका अन्य क्षेत्रमा समेत राहत संकलन गरिने र स्थानीय नगरपालिका, प्रहरी प्रशासनको सहयोगमा पीडितहरुसम्म पुर्याउने वताए। उनले समितिले एक दिनमै ६२ हजार ४५ नगद संकलन गरेको जानकारी दिए।





Comments

comments

894