बोनम्यारो पीडित १४ वर्षीया मिङसोमाको सहयोग अपिल, उपचार खर्च करोड नाघ्ने

रविन लिङदेन / एचकेनेपाल डट कम –
कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मिङसोमा लिम्बुको बोनम्यारो ट्रान्सप्लाण्ट गराउन यतिवेला भारतको चेन्नाइ स्थित एपोलो हस्पिटलमा उपचार भइरहेको छ।

ताप्लेजुङ खेजेनिम ३ घर भइ हाल नक्किपोट, ललितपुर वसोवास गर्दै आएका दिलेन्द्र अनछङबो लिम्बु र डम्बर कुमारी लिम्बुको एक मात्र छोरी मिङसोमालाई फ्यान्कोनी एनिमियाँ Fanconi Anemia (बोनम्यारो फेल भएपछि यो रोग देखा पर्छ) रोगले भेटेपछि उपचारका लागि करोडौं सहयोग चाहिएको वताइएको छ।

एपोलो अस्पतालमा बोनम्यारो ट्रान्सप्लानेसनको लागि तेश्रो पटक उनको परिक्षण भइसकेको छ। यो संगै उनको उपचार खर्च भा. रु. ४० लाख डिपोजिट गर्नुपर्ने वील अस्पतालले वीरामी परिवारलाई दिएको छ।

बोनम्यारो ट्रान्सप्लाण्ट गर्नको लागि बोनम्यारो डोनरको खोजि भइरहेको कुरा अस्पतालबाट मिङसोमाको बाबा दिलेन्द्र अन्छङबोले वताए। अहिलेसम्म अमेरिकामा भेटिएको बोनम्यारो डोनरलाई ६७ हजार युएस डलर र भारतमा भेटिएको डोनरलाई भा. रु. ४० लाख लाख दिनुपर्ने सर्त आएको छ। यसवाहेक अरु कोही बोनम्यारो डोनर नभेटिएको खण्डमा यिनीहरु मध्ये एकलाई छान्नु पर्ने हुन्छ। यो संगै उनको पुरा उपचार गराउन करीव अढाइ करोड रुपैंया लाग्ने अनुमान भएको छ।

मध्यम वर्गिय परिवार भएकोले उक्त रकम नभएको अवस्थामा सहयोग गर्नुपर्ने एक हप्ता अघि अन्नपूर्ण पोष्टले छापेको थियो। पहिला यो रोग पत्ता लगाउन नेपालमा संभब नभएकोले सिङगापुर लगिएको थियो। रोग पत्ता लागेपछि नेपालको अल्का अस्पतालमा ल्याइएको थियो। मिङसोमालाई लागेको रोगको उपचार गर्न नेपालमा संभव नभएको र अमेरिका वा भारतमा लानको लागि अल्का अस्पतालका बोनम्यारो विशेषज्ञ डा. विशेष पौडेलले परिवारलाई लिखित पत्र दिएको थियो। उनको रोग पत्ता लगाउनलाई मात्र दशौं लाख रुपैंया लागेको श्रोतले वताए।

हस्पिटलमा डिपोजिट गर्नुपर्ने भा. रु. ४० लाखको वील उनको आफन्तले फेसबुकबाट सार्वजानिक गरेको छ।

यता हङकङका “मिङसोमा उपचार सहयोग” समिति हेम अन्छाङबोको संयोजकत्वमा मौसम लिम्बु सचिव कोषाध्यक्षमा कुवेर हुक्पा चोङवाङ र लिलिस कन्दङवा सहित २५ कार्यसमिति रहेको छ। उक्त समितिले सहयोग संकलनको लागि अर्धकट्टि टिकट तयार पारेको छ।

सदस्यहरु
संजय तुम्बाहाङफे
कृष्णराज लाओती
त्रिभुवन लुङफुङवा,
कुमार हाङ चोङवाङ
समसेर तुम्बाहाङफे
रविन लिङदेन
दिलिप साम्रा
कुवेर मणि थलङ
नन्द चङसु
माया खापुङ
गिता पालुङवा
स्याम इङनाम
रुद्र फोम्बो
वरध्वोज ओख्राबु ‘यात्रा’
कमान ध्वोज लाओती
सन्तोष राई
पृथ्वी इङनाम





Comments

comments

875