Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देशमा तेलको हाहाकार मच्याउने नेपाली खलनायक को हुन्? थाहा पाउनुहोस्…

काठमाडौं, भारतीय नाकाबन्दीपछि पेट्रोलियम पदार्थ ल्याउन असहयोगी भूमिका खेलेको आरोप लागेका वाणिज्य तथा आपूर्ति सचिव इन्द्रप्रसाद उपाध्यायले नेपाल आयल निगमको पुनर्संरचना गर्न पनि असहयोग गरेको खुलासा भएको छ।

तात्कालिन बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले पुरानै शैलीमा निगम चल्न नसक्ने भन्दै बृहत पुनर्संरचनाका लागि तत्काल पहल थालेका थिए।

तर, सचिव उपाध्यायको असहयोग र शंकास्पद भूमिकाका कारण निगमको पुनर्संरचना हुन नसकेको निगमका एक उच्च अधिकारीले बताए।

निवर्तमान आपूर्तिमन्त्री सुनिल थापाले पनि आफूले प्रस्ताव गरेको समयमा आयल निगमको पुनर्संरचना गर्न पाएको भए अहिले इन्धनको समस्या झेल्ने नपर्ने उल्लेख गरे।

‘मैलै योजना बनाएकै बेला निगमको पुनर्संरचना गर्न सकेको भए अहिले यति धेरै इन्धन अभाव झेल्नु पर्ने थिएन’, थापाले भने, ‘मलाई मन्त्रालयबाटै असहयोग भयो।’

अन्नपूर्णपोस्ट दैनिकका अनुसार आयल निगमको पुनर्संरचना गर्न नसकेकै कारण पनि अहिले नेपाली जनताले इन्धनको चर्को अभाव झेल्नुपरेको थापाको भनाइ छ।





Comments

comments

Leave a Reply

8997