Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालीलाई भारतमा रोक, निशानामा पहाडीमूलका नेपाली

रूपन्देही, नेपालका सुरक्षा निकायले नेपाली नागरिकलाई भारतीय बजारमा किनमेल गर्नको लागि सुनौली जान आज बिहानदेखि रोक लगाएको छ। मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय बजारमा सामान किनमेल गर्न जाने नेपालीलाई आक्रमण गर्न थालेपछि सुरक्षाको लागि रोक लगाएको हो।


भारतमा सामान किन्न गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी बस्तीका कृष्णबहादुर क्षेत्रीलाई मोर्चाका कार्यकर्ताले बुधवार यसरी काटेर फालि दिएका थिए। उनको ४ वटै अौला काटिएको छ। हतियारले शरीरका विभिन्न भागमा काटेर उनलाई दशगजास्थित नेपाली भूमिमा फालिदिएका थिए।

सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ। पहाडीमूलका नेपाली मधेसी मोर्चाका कार्यकर्ताहरुको निशानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ।

यसैगरी, बुधबार भएको घटनापछि रूपन्देही प्रमुख जिल्ला अधिकारी र अञ्चल प्रहरी प्रमुखसहितको सुरक्षा टोलीले भारतको महाराजगन्ज जिल्लाका प्रमुखलाई भारतीय भूमि प्रयोग गरी ढुङ्गामुढा गर्न नदिन आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

9004