हङकङमा भोलि र पर्सी निक्कै चिसो बढ्ने, ता क्वु लिंगको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस पुग्न सक्ने

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ नोभेम्बर। हङकङमा भोलि र पर्सी निक्कै चिसो बढ्ने भएको छ। उत्तरपूर्वी मनसूनका कारण दक्षिण चीनको तटीय क्षेत्रसहित हङकङमा चिसो बढ्ने अब्जरभेटरीले अनुमान गरेको छ।

हङकङको मौसम आज (१६ तारिख) साँझ निकै चिसो हुने र आगामी दुई दिन (१७ र १८ तारिख) बिहान चिसो हुने अनुमान गरेको छ।

सहरी क्षेत्रमा न्यूनतम तापक्रम लगभग १६ डिग्री सेल्सियसमा झर्नेछ र न्यु टेरिटोरिजहरूमा दुई वा तीन डिग्री कम हुनेछ।

ता क्वु लिंगमा यस शनिबारको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस हुन सक्ने छ, जुन हङकङमा सबैभन्दा चिसो हुने छ।

अब्जर्भेटरीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा भनेको छ, “हावा फिर्ता आउँदैछ, कृपया आफन्त र साथीहरूलाई लुगा लगाउन सम्झाउनुहोस्।”





Comments

comments

90404