Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु ट्हो ह्युल हङकङद्वारा तमु व्यक्तित्वहरू सम्मानित

हरिन्द्र तमु / एचकेनेपाल डट कम –
हङकङ, तमु ट्हो ह्युल हङकङले विभिन्न क्षेत्रबाट सम्मानित भएका तथा तमुहरूको नाम उचो राख्ने व्यक्तित्वहरूलाई शुक्रवार सम्मान गरेको छ।

सम्मानित हुनेहरूमा नेपाल सरकारबाट अादिकवि भानुभक्तको द्वीशतवार्षिकीको अवसरमा स्वर्ण पदकबाट विभूषित एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू , हङकङ सरकारबाट मेडल अफ अनरबाट विभूषित डा. शर्मिला तमु, गैरअावसीय नेपाली संघ केन्द्रिय सल्लाहकार त्रिलोक तमु, हङकङ तेक्वान्दो एसोसिएसनका प्रमुख प्रशिक्षक तुलसी कुमार तमु, याउचिमोङ फाईट क्राईम कम्युनिटी सदस्य रिता तमु, मिस्टर नेपाल तथा धर्मश्री विजेता सानु तमु, बक्सर सुरेज तमु, चलचित्र लेखक तथा निर्देशक माअोत्से तमु, गुरूङ चलचित्रका नायक तथा नायिका बिमल तमु तथा रजनी तमु रहेका छन्।

विविध कारणले पशन तमू , तुलसी कुमार तमु, शर्मिला तमु र रिता तमु सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन्। नमो बुद्ध क्लब हाउस जोर्डनमा साँझ ७ बजेबाट सुरु भएको अौपचारिक कार्यक्रमको अध्यक्षता सुरेश तमु, स्वागत मन्तव्य उपाध्यक्ष कुमार तमु र सञ्चालन शशी तमुले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष अर्जुन तमु रहेका थिए।


नृत्य प्रस्तुत गर्दै गुरूङ चलचित्रकी नायिका रजनी तमु । तस्वीरः हरिन्द्र तमु

दोश्रो चरणको कार्यक्रममा उपाध्यक्ष कुमार तमु धरान हङकङ मञ्चको नयाँ कार्यसमितिमा र लमजुङका बिजय तमु पुनः अध्यक्षमा नियुक्त भएका, लमजुङकै खेम तमु, श्याम तमु र चार भन्ज्याङ समाज पर्वतका अनितालगायत तमुहरुलाई खद अोडाएर सम्मान गरिएको थियो।

भ्रे चलचित्रका लेखक तथा निर्देशक माअोत्से तमुले हङकङमा अाएर यस्तो सम्मान पाएकोमा अति नै हर्षित भएको भन्दै तमु टहो हयुल हङकङलाई धन्यवादसहित छोटो मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा नृत्य प्रस्तुत गरेकी नायिका रजनी तमुलाई हलमा उपस्थित सबैजनाले नृत्यमा साथ दिदै हङकङ डलरको फूल लगाई दिएका थिए।





Comments

comments

905