Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा पहिलो क्वाँटी उत्सव सम्पन्न

पोखरा एफएम / एचकेनेपाल डट कम –
साउन २४, पोखरा। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नाराका साथ बालगोपाल भजन कृतन सेवा समिती गौडाको नेवा खलको आयोजनामा क्वांटी उत्सब तथा गाइजात्रा उत्सव २०७१ सम्पन्न भएको छ। सानु महर्जनले भ्वाइलिनमा राष्ट्रिय गान बजाएर शुरु भएको उत्सबमा नेवारी संस्कृतिमा आधारित तर पछिल्लो समयमा लोपोन्मुख मानिएको लाखे नाच, तायमचा नाच, नेवारी गीतमा बिभिन्न नृत्य प्रस्तुत गरिएको थियो।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पालिखेले पानसमा बत्ति बालेर तथा राष्ट्रिय बिभुति शंखधर शाख्वाको तस्विरमा माला अर्पण गरेर गरेका थिए । उत्सबमा नेवारी खाजाको रुपमा प्रचलित समयबजी, तथा बिभिन्न नौ थरी गेडागुडी बाट तयार पारिने क्वाँटी खानाको बिशेष आर्कषणको रुपमा रहेका थिए । उत्सबमा सहभागिहरुले उक्त परिकार मिठो मानेर खाएका थिए । सो अवसरमा बिपि मार्ग स्थित कुडहर ल्याम्म पुचले बाँसुरीको धुन, साजन परियार ले गीत तथा गायक बिनित जोजिजुले नेवारी गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले यस्ता सांस्कृतिक उत्सबले परम्परा देखि चल्दै आएको मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उल्लेख गर्दैै हरेक जातजातीले आफ्नो भाषा संस्कृति जोगाउन लाग्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरि भद्रकाली बहुमुखी क्याम्पसका ब्यवस्थापन समितीका अध्यक्ष बजिरमान श्रेष्ठले उत्सबबाट समाजमा एक अर्का प्रति भावनात्मक सम्बन्ध बिस्तार गर्न ठुलो सहयोग पुग्ने बताएका थिए। कार्यक्रममा बोल्दै मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले गाइजात्राको महत्वको बारेमा चर्चा गरेका थिए । बालगोपाल भजन कृतन सेवा समितीका अध्यक्ष डम्बर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ल्याम्म पुचका सल्लाहकार कल्याण ढेवाजु, सोनी ढेवाजु, मिना श्रेष्ठ, रोज कुमार श्रेष्ठ लगायतले बोलेका थिए।

यस बर्षको गाइजात्रा साउन २६ गते परे पनि गाइजात्राको उपलक्ष्यमा आयोजना गरिने उत्बस तथा महोत्बस भने केही अघिपछि मनाउन लागिएको छ । क्वाँटी उत्सब तथा गाइजात्रा उत्सब सकिए लगत्तै साउन ३० र ३१ गते नेवा खल कास्कीको आह्रवान तथा भिमसेन टोल सुधार समितीको आयोजनामा भिमसेन टोलमा गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिता हुने भएको छ। जसमा पोखराका बिभिन्न २६ टोलका तायमचा नृत्यको प्रतिस्पर्धा हुने आयोजक समितीका अध्यक्ष सुरेश बजिमयले बताएका छन् ।





Comments

comments

914