दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

काठमाडौँ । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ। प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान’ मा जोडिएका अभियन्ता पूर्वराजा शाहको भूमिकासँग असन्तुष्ट देखिएका हुन्।

राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन । आन्दोलनका क्रममा प्रसाईं समूह र सुरक्षाकर्मीबीच सिर्जना भइरहेको छ । तर पूर्वराजा शाहबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन । बरु उनी प्रसाईं समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेको तर उस्तै अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।

राजधानीमा आफूहरूले आन्दोलन चर्काउन खोजिरहँदा राप्रपाले झापामा कार्यक्रम गरेर यताको आन्दोलनबाट ध्यान भड्काउन खोजेको प्रसाईं समूहको बुझाइ छ। आजको नागरिक दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

91607