प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएपछि सप्तरीमा तोडफोड र आगजनी (भिडियो)

सप्तरी, प्रहरीको गोलीबाट शनिवार राति सप्तरीमा दुई आन्दोलनकारीको मृत्यु भएपछि सप्तरीमा तनाव पैदा भएको छ।

कर्फ्युको उलंघन गर्दै निस्केका हजारौ प्रदर्शनकारी प्रहरीबिट लगायत जताततै तोडफोड र आगजनी गरेका छन्। हेर्नुहोस् भिडियो…

प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएपछि सप्तरीमा तनाव। कर्फ्युको उलंघन गर्दै जताततै तोडफोड र आगजनी। हेर्नुहोस् भिडियो…

Posted by HKNepal.com on Sunday, 22 November 2015

हिजो राति प्रहरीको गोलीबाट मृत्यु हुनेहरुमा गाढा-९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा-७ का नागेश्वर यादव रहेका छन्। रामको भारदहमा र यादवको रपनीमा मृत्यु भएको हो।

प्रहरीले स्कर्टिङ गरिरहेको यात्रुवाहक बस र प्रहरीमाथि आन्दोलनकारीहरु जाइलागेपछि प्रहरीले गोली चलाउंदा उनीहरुको मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी गोली प्रहारबाट घाइते भएका अन्य २० जनाको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9711